• युवा संघ नेपालको महाकाली मेची जागरण अभियान टोलीलाई मोरङको पथरी बजारमा स्वागतपछि कोणसभा

    मोरङ । नेकपा (एस) सम्बद्ध युवा संघ नेपालको महाकाली मेची जागरण अभियान आज मेचीमा पुगेर समापन भएको छ । 
    ‘राष्ट्र निर्माणमा युवा जनशक्ति परिचालन गरौँ, भ्रष्टाचारको जरो उखेलौँ’, भन्ने नाराका साथ आयोजित महाकाली मेची अभियान टोलीलाई (बिहिबार) बिहान मोरङको पथरीमा स्वागत कार्यक्रम राखिएको थियो । 
    युवा संघ मोरङले संगठनको केन्द्रीय अध्यक्ष नरेश शाही लगायतको टोली, पार्टीको उपमहासचिव बिजय पौडेल, पार्टी पोलिटब्युरो सदस्य तथा १ नं. प्रदेश सचिव महेश रेग्मी, केन्द्रीय फ्याक्सन इन्चार्ज दिलु पन्त, पार्टी मोरङ जिल्ला अध्यक्ष चन्द्रवीर राई, राष्ट्रिय सभा सदस्य जयन्ति राई, पूर्ब संघीय सांसदहरु चन्द्र गुरुङ, चण्डीप्रसाद राई लगायतलाई खादा र अविरले स्वागत, सम्मान गरेका थिए । 
    स्वागतपछिको कोणसभामा अभियानको तर्फबाट युवा संघ नेपालको उपमहासचिव अशोक दाहालले नेपालमा कम्युनिष्ट पार्टी वैचारिक संकट आइपरेको बताए । केशरजंग रायमाझीपछि केपी ओलीले कम्युनिष्ट आन्दोलनलाई बिघटन तर्फ लाने प्रयास गरेपछि विद्रोह गर्नुपरेको बताए । 
    एमाले केपी ओली जस्तो ‘कु’ पात्रको हातमा पुगेपछि कम्युनिष्ट पार्टी बचाउन नेकपा (एस) गठन गर्नुपरेको दाहालले बताए । 
    समाजवाद स्थापनाको आधार तयार गर्नु र भ्रष्ट्राचार विरुद्ध अभियान गरेको आयोजना गरिएको उनले बताए । 
    कार्यक्रममा पार्टी पोलिटब्युरो सदस्य तथा प्रदेश सचिव महेश रेग्मीले नेपालमा संकट उत्पन्न भएपछि युवाहरु जाग्ने गरेको बताए । नेपालमा २०३७, ०४६ र २०६२÷०६३ को आन्दोलना युवाहरुको महत्वपूर्ण भूमिका रहेको बताए । 
    कार्यक्रममा संगठनको केन्द्रीय सदस्य तथा मोरङ जिल्ला इन्चार्ज शान्ति पाख्रिनले स्वागत मन्तब्यको क्रममा भ्रष्ट्राचार विरुद्ध बुलन्द आवाज उठाउन आव्हान गरेकी छन् । 
    संविधान, लोकतन्त्र, कम्युनिष्ट आन्दोलनको रक्षा र समाजवाद स्थापना गर्ने उदेश्यले भदौ १५ गते सुरु भएको युवा जागरण अभियान आज नौ दिनमा (भाद्र २३) मेची नदीमा पुगेर समापन गर्ने युवा संघ केन्द्रीय अध्यक्ष नरेश शाहीले बताए ।
    अभियान एउटा जिल्लाको सीमानामा अर्को जिल्लामा पुग्दा सम्बन्धित क्षेत्र सम्बद्ध युवा संघ र पार्टी प्रदेश, जिल्लाले स्वागत गर्दै मेचीसम्म पुगेका हुन् । 
     

सम्वन्धित समाचार

इलाम । स्वतन्त्र साझा उमेद्वार डकेन्द्रसिंह थेगिम लिम्बूलाई सहयोग गर्न इलाम—२ मा लागिरहेका अभियान्ता त…

इलाम । इलाम—२ मा बैशाख १५ गते हुन लागेको उपनिर्वाचनमा स्वतन्त्र साझा उमेद्वार डकेन्द्रसिंह थेगिम लिम्…

मोरङ । मोरङको पथरीशनिश्चरेका लोकसागर साम्बा बुद्धिचाल (चेसं) खेलमा नेपालकै दोस्रोहुँदै नयाँ रेकर्ड …

मोरङ । मोरङको पथरीशनिश्चरेमा स्थापित एभरेष्ट आवासीय मावि बुद्धिचाल खेलमा अन्य स्कुलहरुलाई उछिन्दै राष्ट्रव्या…