• महाधिवेशनको मोरङ लगायत देशैभर प्रचारहुँदै

    काठमाडौं । किरात राई समुदायको साझा एवं स्वतन्त्र संस्था किरात राई यायोक्खा ११ औं महाधिवेशनमा जुटेको छ ।
    महाधिवेशनको उद्घाटन १ नं. प्रदेशको मुख्यमन्त्री राजेन्द्रकुमार राईको प्रमुख अतिथ्यतामा अशोज ८ गते काठमाडौंको राष्ट्रिय सभागृह र अरु दुई दिन कृषि बिकास बैंकको केन्द्रीय तालिम केन्द्र भक्तपुरको बोडेमा हुने बन्दसत्र हुने यायोक्खा केन्द्रीय अध्यक्षसमेत रहेका महाधिवेशन आयोजक समिति संयोजक दिवस राईले बताए । 

    महाधिवेशन सफल पार्न महासचिव जनक राईको संयोजकत्वमा प्रतिनिधि पर्यवेक्षक, प्रचार विभाग प्रमुख समेत रहेका सचिव अर्जुन जम्नेली राईको संयोजकत्वमा प्रचार प्रशार, कोषाध्यक्ष देवान राईको संयोजकत्वमा आर्थिक व्यवस्थापन लगायत १३ वटा उपसमिति गठन गरेर यायोक्खा महाधिवेशनमा जुटेको केन्द्रीय उपाध्यक्ष जीवन हाताचो राईले बताए । 
    आयोजक समितिले गोलो, नारा सार्वजनिक गर्दै साउन ४ गते काठमाडौं कोटेश्वर स्थित सुम्निमा हलमा पत्रकार सम्मेलनको अयोजना गरी महाधिवेशन बारे जानकारी दिएका थिए । 
    महाधिवेशनको लागि पर्चा, पम्प्लेट र निमन्त्रणा कार्ड जिल्ला, जिल्ला पठाएर प्रचार भइरहेको महासचिव जनक राईले बताए । यसै क्रममा मोरङ जिल्ला समितिले बुधबार केन्द्रीय सचिव अर्जुन जम्नेली राई, निवर्तमान अध्यक्ष नाराहाङ राई लगायतको उपस्थितिमा पथरी लगायतको स्थानमा पम्प्लेट टाँस्ने कार्यक्रम गरिएको जिल्ला अध्यक्ष केदार राईले बताए । 

    ‘किरात सभ्यता, इतिकास, भूगोल र संस्कृतिको सम्मान हाम्रो संकल्प, १ नं. प्रदेश किरात प्रदेश नामकरण नै प्रदेशबासीको अन्तिम विकल्प’ भन्ने मूल नाराको साथ महाधिवेशनको तयारीमा लागेको यायोक्खा उपमहासचिव भीम राईले बताए । 
    महाधिवेशनमा नेपालको दुई वटा प्रदेश समिति, २५ जिल्ला समितिहरु, आठ वटा भातृ संस्थाहरु, १९ वटा थरगत भाषिक संस्थाहरु, १९ वटा विदेश शाखाहरु र सात वटा सम्बन्धन संस्थाहरुबाट ६ सय भन्दा बढी प्रतिनिधि पर्यवेक्षक सहभागि हुने अयोजक समितिले जनाएको छ । 
    महाधिवेशनको तयारी सँगै यायोक्खा जिल्ला र भाषिक, भातृ संस्थाहरुको अधिवेशन भइरहेको सचिव मातृका राईले बताए । 
    २०४५ सालमा स्थापना भएको संस्थाको प्रत्येक तीन बर्षमा महाधिवेशन गर्नुपर्ने वैधानिक व्यवस्था रहेको छ । यायोक्खाले २०६३ सालमा झापाको दमकमा भएको छैठौं महाधिवेशनले संस्थागत रुपमा पूर्बी नेपाललाई किरात प्रदेश नामकरण गर्नुपर्ने मुद्धा उठाउदै आएको छ । 
    प्रदेश नामकरणको लागि २५ लाख हस्ताक्षर मुख्यमन्त्री र सभामुखलाई बुझाउनुको साथै मोटरसाइकल ¥याली, ज्ञापन पत्र, मुख्यमन्त्री र प्रदेश सभा कार्यालय घेराउ लगायतको दबाब मूलक कार्यक्रम गर्दै आएको छ । 
    यसको साथै किरात सिरिजंङ्गा लिपिको संमृद्धिकरण गर्दै प्रचलनमा ल्याउन यायोक्खा अध्यक्ष दिवस राई लगायतले मुख्य भूमिका खेल्दै आएको छ भने विद्यालयमा मातृ भाषा पठान पाठन, यलम्बरको तस्वीरमा एक रुपता, खुवालुङ संरक्षण, १२ औं राष्ट्रिय जनगणना अभियान, साकेला, किरात सभ्यता प्राज्ञिक बहस लगायतको भाषिक, सांस्कृतिक अभियानहरु चलाउदै आएको छ । 
    देश, विदेशमा रहेका अभिभावक, शुभचिन्तक व्यवसायी, उद्योगी, राजनीतिज्ञ, समाजिक कार्यकर्ता र सञ्चार कर्मीहरुलाई यायोक्खाको ११ औं महाधिवेशन सफल पार्न आर्थिक, भौतिक र नैतिक सहयोग गर्न आयोजक समितिको संयोजक दिवस राईले आव्हान गरेका छन् । 

सम्वन्धित समाचार

भूमिप्रसाद पाठक मोरङ । मोरङको पथरीशनिश्चरे—१ स्थित पञ्चायत माध्यमिक विद्यालय कक्षा १२ का विद्यार्थीहर…

इलाम । बैशाख १५ गते हुने निर्वाचनमा इलाम—२ बाट सांसद जित्न पार्टीहरु लागिरहेको बेला नेपालको पूर्ब…

इलाम । स्वतन्त्र साझा उमेद्वार डकेन्द्रसिंह थेगिम लिम्बूलाई सहयोग गर्न इलाम—२ मा लागिरहेका अभियान्ता त…

इलाम । इलाम—२ मा बैशाख १५ गते हुन लागेको उपनिर्वाचनमा स्वतन्त्र साझा उमेद्वार डकेन्द्रसिंह थेगिम लिम्…