• ण्डन, २४ भदाै   

    बेलायतमा सबैभन्दा लामो समयसम्म गद्दीमा रहेकी महारानी एलिजाबेथ द्वितीयाको ९६ वर्षको उमेरमा निधन भएपपछि उनका जेठा छोरा चार्ल्स राजा बनेका छन् । ७३ वर्षीय चार्ल्स, प्रिन्स अफ वेल्स, रानी एलिजाबेथ द्वितीय र एडिनबर्गको ड्यूक प्रिन्स फिलिपको जेठो छोराको रूपमा ब्रिटिश सिंहासनको उत्तराधिकारी थिए ।  उनी कुनै समारोहको आयोजना नगरी आमाको निधनपछि स्वतः राजा बनेका हुन् ।

    बिहीबार एलिजाबेथको स्वास्थ्यकाबारेमा गम्भीर चिन्ताहरू व्यक्त हुँदै गर्दा उनको परिवारका सदस्यहरू उनी रहेको स्कटल्याण्डस्थित निवासमा भेला भएका थिए। पछि बकिंघम दरबारले रानीको निधन भएको पुष्टि गरेको थियो ।

    उनको निधनपछि उनका जेठा छोरा पूर्व प्रिन्स अफ वेल्स चार्ल्सले बेलायतकाे नयाँ राजा र १४ वटा राष्ट्रमण्डलका देशहरूको राष्ट्रप्रमुखका रूपमा शोक मनाउने छन्।

    महारानी एलिजाबेथले सन् १९५२ मा गद्दी सम्हालेकी थिइन् ।

सम्वन्धित समाचार

धार्मिक टिभी शो महाभारतमा भगवान कृष्णको भूमिका निभाएका अभिनेता नितिश भारद्वाजलाई कसले भुल्न सक्छ । विगतम…

पाकिस्तानमा आज निर्वाचन हुदैँछ । आज हुन लागेको आम निर्वाचनका लागि करिब ६ लाख ५० हजार सुरक्षाकर्मी प…

ओटाबा, २४ साउन ब्रिटिश कोलम्बियाको एक अदालतले क्यानडेली युवतीलाई अनलाईमार्फत दुर्व्यवहार गरेको आरोपमा …

नयाँ दिल्ली, २ असार सम्पत्ति शुद्धीकरण मुद्दामा कांग्रेस नेता राहुल गान्धी लगातार तेस्रो दिन प्रवर्तन निर्द…