• काठमाडौं, २४ भदाै 

    चर्चित गायक प्रमोद खरेलको स्वरमा रहेको तप तप आँशु बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । साहित्यकार, लेखक तथा कवि ममता मिश्रको शब्द सृजना रहेको प्रेम, रोमान्स र विरहले भरिएको गीतको भिडियोमा मर्मस्पर्शी प्रेमाभावलाई नजिकबाट केलाइएको छ ।

    नविन कार्कीको संगीत रहेको छ । विगत ३ दशकदेखि अष्ट्रेलियामा रहँदै आएकी गीतकार  मिश्रले यसपटकको आफ्नो सृजनालाई पनि अघिल्लो पटक झैँ हरेक प्रेमील जोडीले मन पराउने विश्वास व्यक्त गरिन् । 

    आफूलाई भन्दा बढी माया दिएकी प्रेमीकाले विशेष परिस्थितिका कारण धोका दिएर टाढिँदाको पललाई पछिल्लो पुस्ताका चर्चित निर्देशक केशव भट्टले कलात्मक शैलीले प्रस्तुत गरेका छन् । कोरियोग्राफीमा समेत राम्रो दक्खल राख्ने निर्देशक भट्टले तप तप आँशु बोलको गीतको भिडियोले हरेक प्रेमील जोडीको  मन छुने बताए । 

    गीतकार मिश्रकै आफ्नै अफिसियल च्यानल ममता मिश्र अफिसियलबाट बजारमा ल्याएको गीतको गीतमा मोडलद्वय कमल सिंह र ललना चिमोरियाको लोभलाग्दो अभिनय देख्न सकिन्छ । गीतकार मिश्रका तिमीले चुमेको, म सागर थिए, लगायतका गीतहरु यसअघि नै बजारमा आइसकेका छन् । 

    उत्सव दाहालको छायांकन रहेको भिडियोमा दिनसन शाहको सम्पादन र कलर रहेको छ । 

सम्वन्धित समाचार

 सञ्जय मिश्रा रौतहट, २१ फागुन। आमजनता पार्टीका अध्यक्ष तथा पूर्व मन्त्री प्रभु साहले मौलापुरस्थित पुरात…

काठमाडाैं, १७ माघ । झापाको बिर्तामोडमा पहिलो पटक गजलसम्बन्धी बिशेष कार्यक्रम हुने भएको छ । नेपाल गज…

किशोर कुमार राजवंशी नारी स्वच्छ र निस्वार्थताकी प्रतिक,  महानताकी नमुना जो हुन धैर्यताकी बाँध।&nbs…

 दमौली, १३ असार   तनहुँका स्थानीय तहले पर्यटन क्षेत्रलाई प्राथमिकता दिएका छन् । यहाँका स्थानीय …