•  जुम्ला, २५ भदौ 

    जुम्ला भ्रमणमा रहेका कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीलाई बुद्धिजिवी र सर्वसाधारणले ध्यानाकर्षणपत्र बुझाएका छन् । मुख्यमन्त्री  शाहीलाई सिंजा र पर्वतीय विधेयक अगाडि बढाउन दबाबस्वरूप उनीहरूले ध्यानकर्षणपत्र दिएका हुन् । 

    कर्णाली प्रदेश सरकारको सचिवालयमा दर्ता भएकाे पर्वतीय विज्ञान तथा प्रविधि विश्वविद्यालय स्थापनासम्बन्धी विधेयक र सिंजा सभ्यता संरक्षण तथा विकास विधेयक पारित गर्न उनीहरुकाे माग छ । ज्ञापनपत्रमा  भनिएको छ, 'ति विधेयक कर्णालीको अस्तित्वसँग जोडिएका विधेयक  हुन् । ति विधेयक कर्णालीका दुई मुख्यमन्त्री हुँदा पनि पास गर्न किन कन्जुस्याई गरिरहेका छन् ?'

    जुम्ला बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख  प्रकाशचन्द्र खत्रीसहितको टिमले होटल कान्जेरुवामा  पुगेर शाहीलाई ध्यानाकर्षण गराएकाे हाे । 

    ज्ञापनपत्रमा आगामी ४ मंसिरमा हुने प्ररतिनिधिसभा र प्रदेशसभा निर्वाचन तथा वर्तमान प्रदेश सांसदहरूको कार्यकाल समाप्त हुनु अगावै विधेयकहरू अगाडि बढाइ पास गर्न नेतृत्वदायी भूमिका निर्वाह गरिदिन अनुरोध गरिएकाे छ ।

    मुख्यमन्त्री शाहीले  सिंजा सभ्यता संरक्षण तथा  विकास विधेयक आवश्यक नभएको बताए । उनले  कर्णाली  प्रज्ञा प्रतिष्ठान बनाइने भएकाले सबै त्यसैमा समेटिने बताए ।उनले भने, 'जुम्लाले सिंजा सभ्यता भनेर छुट्टै बनाएको खण्डमा सबै जिल्लाले आफ्नो  सभ्यता  खोज्दा समस्या थप बढ्ने छ ।'

    कर्णाली सभामा दर्ता भएको पर्वतीय विज्ञान तथा प्रविधि विश्वविद्यालय विधेयक सरकारी विधेयक हो । यस्तै, सिंजा सभ्यता संरक्षण तथा विकास विधेयक जुम्लाका सांसद नरेश भण्डारीले दर्ता गराएको विधेयक हो । यी दुवै विधेयक संसदमा स्थगित भएपछि अहिले अन्यौल बढेकाे छ ।

सम्वन्धित समाचार

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…

 सल्लेरी (सोलुखुम्बु), १८ फागुन : जलवायु परिवर्तनका कारण हिमाल पग्लिएको र यसले स्थानीय समुदायमा पार…