•  काठमाडौं, २६ भदौ 

    गायक शाहिलराज पाण्डेको नयाँ गीत ऋतुहरूमाको म्यूजिक भिडियो रिलिज गरिएको छ । मोडलसमेत रहेका गायक शाहिलकै शब्द सृजनामा तयार भएको गीतमा संगीत श्याम बाग्दासको रहेको छ ।

    पेसाले मेकानिकल इञ्जिनियरसमेत रहेका गायक तथा मोडल शाहिललाई ऋतुहरूमा अभिनयमा स्मारिका ढकालले साथ दिएकी छिन् । नजानेरै सुटुक्क एकै नजरमा प्रेममा डुबेको प्रेमाभावलाई कलात्मक शैलीमा भिडियोमा देखाइएको छ । जसमा मोडलद्वय शाहिल र स्मारिकाको अभिनय देख्न सकिन्छ । 

    गोदावरी र भृकुटीमण्डमा छायांकन गरिएको भिडियोले एक रोमान्टिक प्रेम कहानीलाई बोलेको र हरेक प्रेमील जोडीले आफ्नो कथालाई भिडियो हेरेपछि स्मरण गर्ने निर्देशक प्रकाश धितालले बताए । उत्सव दाहालको छायांकन रहेको भिडियोको सम्पादन विकाश दाहालले गरेका हुन् ।

    भिडियो गायक शाहिलकै आफ्नै अफिसियल च्यानलबाट बजारमा आएको हो । गायक शाहिलले यसअघि नैना, जिन्दगी, पानी थिए, लगायतका गीतहरू बजारमा ल्याइसकेका छन् ।

सम्वन्धित समाचार

मोरङ । मोरङको पथरी शनिश्चरे नगरपालिका ८ नं. वडा कार्यलयको आयोजनामा एक महिने निशुल्क साकेला सिलि नाच प्र…

 लमजुङ, १५ फागुनः लमजुङको दूधपोखरी गाउँपालिका–३ को ठूलो काभ्रे र दोर्दी गाउँपालिका–५…

  मेष: स्वास्थ्य, धन र परिवारको दृष्टिले तपाईको दिन राम्रो रहनेछ। तपाईं ऊर्जावान, आत्मविश्वासी र आश…

उर्लाबारी २५ माघ नेपाल तामाङ घेदुङ उर्लाबारी ८ र ९ को संयुक्त आयोजनामा दुर्गापुरी स्थित आज माघ २५ गते दे…