• काठमाडौं, २७ भदौ

    ओखलढुुंगाका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङको शब्द रहेको गीत ‘पूर्वै पाँचथर’ सार्वजनिक भएको छ । द भ्वाइस अफ् नेपाल सिजन–४ मा निर्णायकको भूमिकामा रहेका चर्चित गायक राजेश पायल राईले स्वर दिएको उक्त गीत ‘दिल्स् क्रियशन’मार्फत् सार्वजनिक भएको हो ।

    पूर्वेली लोक लयमा रहेको गीतको संगीतकार तारावीर पाण्डे हुन् । संगीत संयोजन भने आदेश गुुर्माछानले गरेका छन् ।  जस्केला क्रियशनले लिरिकल भिडियोसमेत तयार गरेको छ । भिडियोले पाँचथरको सजिव चित्रण गरेको छ । प्रमुख जिल्ला अधिकारी तामाङको घर पनि पाँचथरको फाल्गुनन्द गाउँपालिका वडा नम्बर–२ इम्बुुङ हो । 

    जन्म जिल्ला पाँचथरको प्राकृतिक, सांस्कृतिकलगायत अमूूल्य निधिहरूको उजागर गीत–सङ्गीतमार्फत् गरी जिल्लाको पहिचान र गरिमालाई माथि उठाउने जमर्को गरेको उनले बताए । गीतले जिल्लाको पर्यटन प्रबद्र्धनमा पनि योगदान पुर्‍याउन सक्ने तामाङलाई लागेको छ । 

    लिरिकल भिडियोमा मध्यपहाडमा नमूूना शहरको रूपमा विकासोन्मुख फिदिम, पाँचथर–इलाम सीमा क्षेत्रको लेकाली बजार राँके, १६औँ राष्ट्रिय विभूति तथा किरात धर्मका महागुरु फाल्गुनन्द लिङदेनको समाधीस्थल सिलौटी, धार्मिक महत्वको जोरपोखरी, पर्यटकीय गन्तव्य साधुुटार, किरात धर्मावलम्बीहरूको तीर्थस्थल यासोकको त्रिशालीलगायत समावेश छन् । 

    केलाङ, धान नाचजस्ता लिम्बू जातिको संस्कृतिलाई उठान गर्दै प्रमुख जिल्ला अधिकारी तथा गीतकार तामाङले सांस्कृतिक पर्यटनलाई बढवा दिन खोजेका छन् ।

    जिल्लाको खाद्यन्न तथा नगदे बाली बढी उत्पादन क्षेत्रबारे पनि थाहा दिने उनको प्रयास भिडियोमा छ । लिरिकल भिडियोमा समावेश तस्वीरहरू भने मानवशास्त्री तथा अनुसन्धानकर्ता दिलविक्रम आङ्देम्बे र पत्रकार गिरिराज बास्कोटाका हुन् । 

सम्वन्धित समाचार

 ढोरपाटन (बागलुङ), १३ असोज : बागलुङमा बढी प्रचलित सोरठी, मारुनीलगायत मौलिक भाका र संस्कृति हराउँ…

जनकपुरधाम, ८ असोज ः राष्ट्रपति रामचन्द्र पौडेलले आज जनकपुरधामस्थित जानकी मन्दिरमा पूजाआजा एवं दर्शन गर्नुभए…

 रामपुर (पाल्पा), १ असोज : घर माइतका क्रममा भोगेका सुख दुःखका अनुभवलाई तिजमा व्यक्त गर्दै मनलाई आनन्…

 भक्तपुर, १८ भदौ   मूर्तकला मात्रै होइन, धार्मिक पर्वले परिपूर्ण विभिन्न अमूर्तकला, संस्कृति, पर्व…