• भक्तपुर, २९ भदाै 

     भक्तपुरमा बुधबार पुलुकिसी (इन्द्रका बाहन ऐरावत हाती) जात्रा हुँंदै छ । जात्रा साँंझ हुन्छ । बाँंसलगायतबाट हातीको आकार दिई बनाइएको पुलुकिसीलाई भक्तपुर नगर परिक्रमा गरी जात्रा मनाइन्छ ।

    बाँंसबाट हाती आकार दिई त्यसलाई हातीको आकृति लेखिएको सेतो कपडाले छोपेर बनाइएको पुलुकिसीभित्र मानिस बसेर बोक्न मिल्ने गरी बनाइएकोलाई नगर परिक्रमा गराई जात्रा मनाइन्छ । जात्रा हेर्न पुलुकिसी हिँड्ने सबै सडकहरुतिर हजारौँ नगरवासीहरूको भीड हुने गर्दछ । यो भीड अझ विशेष गरेर चोकचोकमा वढी हुने गर्दछ । टौमढी, दरवार स्क्वायर, दतात्रयलगायतका ठाउँंमा विशेष भीड हुने गर्दछ । ती स्थानहरुमा लगातार नलगी पुलुकिसीलाई ओहोरदोहार गराइने भई हेर्दा आकर्षण देखिने भएकाले ती ठाउँंहरुमा वढी भीड हुने गरेको हो ।  

    पुलुकिसी नगर परिक्रमा गराउने क्रममा एक जना मानिसले अगाडि-अगाडि बसेर घण्टा बजाइएको हुन्छ । घण्टा बजाउँदै पुलुकिसी आएको संकेत दिँदै नगर परिक्रमा गराइएको हुन्छ । यो क्रममा पुलुकिसीसँंग हिँडेका मानिसले अगाडि छ्वाली बालेर हिँडेको हुन्छ । 

    भक्तपुर नगरको लाकुलाछेंबाट सुरु भई नगर परिक्रमा गरेर त्यही पुगेर जात्रा टुंगिने चलन छ । यो बीचमा लाकुलाछेंबाट गाइजात्राको क्रममा नगर परिक्रमा गराउने रुट भई पूरै नगर परिक्रमा गराइन्छ । लाकुलाछेंबाट पोटरी स्क्वायर, नासमना, इटाछे, दरवार स्क्वायरको रुटमा पुलुकिसीको परिक्रमा गराइएको हुन्छ ।

    दरवार स्क्वायरबाट पुन बालाखू, चोछें, भोलाछें, थालाछें, सूर्यमढी हुँदै पुलुकिसीलाई दतात्रयमा ल्याइएको हुन्छ । त्यहाँंबाट पुनः इनाचो, गोल्मढी हुँदै टौमढी ल्याई लाकुलाछेँमै पुगेर जात्रा सम्पन्न गरिएको हुन्छ । 

    पुलुकिसीलाई नगर परिक्रमा गराउने क्रममा पुलुकिसीको सुँडले छुवाउन नहुने जनविश्वास छ । नगर परिक्रमा गराउँंदा सुँंडले छोएमा बिरामी हुने वा मृत्युसम्म हुने जनविश्वासका छ । नगर परिक्रमा गराउने क्रममा सूर्यमढीको तलातुंछी (इनार) मा पुगेपछि पानी खुवाउने चलन छ । 

    इतिहासविद् डा वीरेन्द्रप्रसाद कायस्थका अनुसार स्वर्गका राजा ईन्द्रले पृथ्वीलोकमा बन्धक बनाइएका आफ्ना छोरा खोज्न पृथ्वीलोकमा आएर घुमेको अर्थमा यो जात्रा चलाइँदै आएको छ । पारिजात फूल टिप्न पृथ्वीलोक आएका छोरालाई बन्धक बनाएपछि उसलाई खोजेर स्वर्गमा लैजान आफ्नो बाहन ऐरावत हातीलाई पृथ्वीमा घुम्न पठाएको किँम्वदन्ती रहेको उनले सुनाए । पुलुकिसी जात्रासँंगै भक्तपुरको इन्द्रजात्रा सम्पन्न भएको हुन्छ ।

सम्वन्धित समाचार

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…

 सल्लेरी (सोलुखुम्बु), १८ फागुन : जलवायु परिवर्तनका कारण हिमाल पग्लिएको र यसले स्थानीय समुदायमा पार…