• मोरङ । प्रदेश नं. १ को नमुना घोषित विद्यालय मोरङको पथरीशनिश्चरे स्थित पञ्चायत माविमा विद्यार्थी चोरीको बिषयले सुक्रबार केहीबेर पठनपठान प्रभावित भएको छ । 

    पूर्बी नेपालमा केही हप्ता अघिदेखि बालबालिका चोरी हुने गरेको भन्दै सामाजिक सञ्जालहरुमा प्रचार प्रसार भइरहेको छ । हल्लाको प्रभाव सुक्रबार नमुना घोषित सार्वजनिक (सरकारी) विद्यालय पञ्चायत माविमा परेको छ । 
    पञ्चायत माविको कक्षा १० सम्म हाल आन्तरिक परीक्षा चलिरहेको छ । सुक्रबार करिव १० बजे माविको गेटबाट विद्यार्थी (बालक) चोरी भएको हल्ला विद्यार्थी माझ फैलियो । दुई जनाले मोटरसाइकलमा हालेर जवरजस्ति लगेको देखेको पक्षा ११ का विद्यार्थी मेघा धिमाल, खुसी धिमाल कक्षा कक्षा ७ का अनुज सुनुवार लगायतका विद्यार्थीहरुले बताएका थिए । घट्ना देख्ने विद्यार्थीहरुले पहिला पैसा दिएको पछि मोटरसाइकलमा चढाएर लगेको बताएका थिए । 
    हल्ला सुरु भएलगतै पञ्चायत माविका प्रधानाध्यापक अर्जुनकुमार बुढाथोकीले इलाका प्रहरी कार्यालय पथरीलाई जानकारी गराउदै पूर्बको उर्लाबारी र पश्चिमको बेलबारी इलाका प्रहरीलाई नाकाबन्द अर्थात खोजि गर्न भनेका थिए । इप्रका पथरीबाट तुरुन्त प्रहरी टोली विद्यालय आएर अनुसन्धान थालेका थिए । विद्यार्थी चोरी भएको हो हल्ला भएपछि कक्षा ११ र १२ को पाँचौ घण्टीको पठनपाठनमा केही बेर प्रभावित भएको थियो । 
    गेटबाट लगिएका भनिएका विद्यार्थी कक्षा ६ मा अध्ययनरत बिकास चौकरी भन्ने पत्ता लाग्यो । अभिभावकको फोन नं. पत्ता लगाएर सम्पर्क गरी विद्यालयमा बोलाइएको थियो ।  
    केही बेरपछि ती विद्यार्थीलाई दुई जनाले गेटमा ल्याइदिए । ल्याउने ती दुई जनालाई प्रहरीले नियन्त्रमा लियो । प्रहरीले नियन्त्रणमा लिनु अघि स्थानीय अभिभावकहरुले ती दुई जनालाई केही मुक्का प्रहार गरेका थिए । पक्राउ परेका दुई जनालाई अनुसन्धानको लागि इलाका प्रहरी कार्यालय लगिएको छ । 
     

    यसरी भएको थियो घट्ना

    चोरी भएको भनिएको विद्यार्थीको घर हसन्दहमा पर्दछ । हसन्दह पथरीशनिश्चरे नगरपालिका हुनुअघि हसन्दह छुट्टै गाबिस थियो । नगरपालिकामा गाभिएपछि हसन्दह हाल पथरीशनिश्चरे नगरपालिकाको ६ नं. वडा पर्दछ । दुरीको हिसावले हसन्दह पञ्चायत माविदेखि करिव १० किलोमिटर टाढा पर्दछ । 
    पञ्चायत मावि प्रदेशको नमुना विद्यालय हुनुको साथै भौतिकसुविधा सम्पन्न पूर्बाधार, अग्रेजी, नेपाली दुबै माध्यममा पढाइहुने, परीक्षाको नतिजा राम्रो आउदै गरेको कारण अन्य विद्यालयहरु छाडेर टाढाबाट पढन त्यहाँ आएउने गर्दछन । बिकास चौधरी सोही समूहमा पर्दछन् । उनी अग्रेजी माध्यमको कक्षा ६ का विद्यार्थी हुन् । 
    चौधरी विहान सीटी सफारीमा विद्यालय आउने र दिउसो सार्वजनिक बसमा घर फर्दै आएका रहेछन् । सुक्रबार घर नजिकैका स्वास्थ्य कर्मीसहित दुई जना मोटरसाइकालमा पथरी जाने भएपछि विद्यार्थी पनि सोही साधनमा विद्यालय आएका रहेछन् । 
    मोटरसाइकलमा ल्याइदिनेले गेटमा खाजा खाने पैसा दिएको पनि सहि रहेछ । फेरी शैक्षिक सामाग्री किनिदिनु भनेर पथरीको गोरखा डिपार्टमेन्ट लगेर ल्याइल्जल बिकास चौकरी हराएको पुरै होहल्ला भइसकेको थियो । 
    को १३ प ९५३४ नं.को पल्सर मोटरसाइकालमा बिकासलाई लिएर आउने २९ बर्षिय भिस्म रसाइली र २२ बर्षिय अजय चौधरीले राम्रो काम गर्दा पनि बजारमा चल्ने गरेको अनआवस्यक हल्लाको कारण केही मुक्का खानुप¥यो । 
    केही बेर हराएको भनिएका विद्यार्थी बिकास चौधरीकी आमा सिर्जना चौधरीले फोन सम्पर्कमा भनिन ‘छोरालाई मैले नै छिमेकी अंकलसँग स्कुल पठाएको हो ।’
    बालबालिका चोरीको हल्ला केही समयदेखि चल्दै आएको छ । कसैको बालबच्चा चोरी भएको हालसम्म प्रमाणित नभएपनि अभिभावकहरु चनाखो हुनुपर्ने देखिन्छ । सकारात्मक दृष्टिकोणबाट हेर्दा पञ्चायन माविमा अध्ययनरत विद्यार्थीहरु सचेत रहेछन् । विद्यालयको गेटबाट विद्यार्थी लगेको देखेपछि सचेत विद्यार्थीहरुले साथिहरु र शिक्षकवीच सूचना पु¥याए । विद्यालयको प्रधानाध्यापक, शिक्षहरु, प्रहरी र अभिभावकहरुले केहीबेर तनाव झेल्नु परेपनि घट्नाले थप सचेत गराएको छ । 

     


     

सम्वन्धित समाचार

निर्वाचन भनेको ढाँटेर भोट बटुल्ने बिजय जुलुस सकिएपछि भरिकस गाउँ फर्केर नआउने परम्परा छ इलाम—२ मा …

इलाम । इलाम—२ को उपनिर्वाचनको साझा स्वतन्त्र उमेद्वार डकेन्द्रसिंह थेगिमको चुनाव चिन्ह मुढाको प्रचारप्र…

इलाम । मुढा चुनाव चिन्ह लिएका इलाम—२, उपनिर्वाचनको साझा स्वतन्त्र उमेद्वार डकेन्द्रसिंह थेगिम लिम्बूको…

किरात राई समुदायको साझा सामाजिक संस्था किरात राई यायोक्खा संस्थागत रुपमै इलाम उपनिर्वाचनमा साझा स्वतन्त्र …