• मोरङ । आगामी मंसिर ४ गते हुने संघ र प्रदेश सभा निर्वाचनको लागि माओवादी केन्द्र पथरीशनिश्चरे नगर समिति मोरङले तयारी थालेको छ ।  
    पथरीशनिश्चरे १० वटा वडा मध्ये क्षेत्र नं. ३ (क)मा ५ र ६ बाहेक ८ वटा वडा पर्दछ । बुधबार पार्टी नगर कार्यालयमा बसेको बैठकले वडा, वडामा निर्वाचन परिचालन समिति गठन गर्न जिम्मेवारी तोकेको हो । 
    बैठकले २ नं. वडामा मान दियाली, ३ मा मनोरथ भण्डारी, ४ मा गंगा साँबा र मानबहादुर बिक, ७ मा दोर्ण खड्का, ८ मा दौलथराम भण्डारी (डाइमण्ड) र ९ नं. वडामा सुमन वनेमलाई जिम्मेवारी तोकेको छ । 
    वडाहरुको समिति गठन पछि नगर स्तरीय निर्वाचन परिचालन समिति गठनहुने नगर समितिको सचिव मोहन लिम्बूले बताए । क्षेत्र नं. ३ (क)मा पर्ने कानेपोखरी र बेलबारीको वडाहरु पनि निर्वाचन परिचालन समिति गठन पश्चात क्षेत्रको गठन हुने प्रदेश समितिको सदस्य तथा मोरङ जिल्ला सहइन्चार्ज लालबहादुर शुस्लिङ मगरले बताए । आगामी निर्वाचनको लागि क्षेत्र नं. ३ (क)बाट प्रत्यक्षतर्फ लालबहादुर मगरको एकल र समानुपातिक तर्फ गीता तिम्सिना, बालकुमार मगर र कमल हाङबाङ्गको नाम सिफारिस भएको छ । पार्टी प्रदेश समितिले प्रत्येक महिनाको ७ गते पालिकाको बैठक बस्नुपर्ने सर्कुलर पठाएको नगर समितिको कार्यबाहक अध्यक्ष गोबिन्द कटुवालले बताए । 
     

सम्वन्धित समाचार

मोरङ । मोरङको पथरीशनिश्चरे नगरपालिका १ नं. वडा कार्यालयको आयोजनामा आज (शनिबार) पथरीको मुख्य सडक र बजार…

काठमाडौं । किरात राई यायोक्खाको ११ औं राष्ट्रिय महाधिवेशनले सार्वजनिक गरेको २१ बुँदे घोषषापत्र सार्वजनिक …

काठमाडौ । किरात राई पत्रकार संघ केन्द्रीय समितिले स्थापना दिवसको अवसरमा पत्रकार सइन्द्र राईलाई सम्मान गरेको…

काठमाडौं । प्रदेश नं. १ को नाम किरात राख्न सहमत दललाई सहयोग गर्ने २१ बुँदे घोषणा पत्र जारी गर्दै किरात र…