• चितवन  ३१ भदौ 

    बजाज कम्पनीको उत्पादन पल्सर एनएस १२५ बिएससिक्स मोडलको मोटरसाइकल चितवन आइपुगेको छ । बजाज मोटरसाइकलको आधिकारिक विक्रेता एनके मोटर्स भरतपुरले शुक्रबार बेलुका ५ बजे एक कार्यक्रमका बीच पल्सर बिएससिक्स मोडलको मोटरसाइकल सार्वजनिक गर्दै छ ।

    भरतपुरको चौविसकोठीमा गायक प्रमोद खरेल, गायिका टिका प्रसाईं र हास्य कलाकार सुमन कार्कीले संयुक्त रूपमा सार्वजनिक गर्ने कार्यक्रम रहेको एनके मोटर्स भरतपुरका सञ्चालक पदमराज कँडेलले बिहीबार पत्रकार सम्मेलन गरी जानकारी दिए । आउँदै गरेको दसैँ, तिहार र छठलाई मध्यनजर गरेर मोटरसाइकल विक्रीमा ‘आधाको आधा नै काफी छ’ भन्ने स्किम ल्याइएको उनले बताए ।

    यस स्किम अनुसार २५ प्रतिशत डाउनपेमेन्टमा पनि मोटरसाइकल किन्न सकिन्छ । साथै नगद सात हजार रुपैयाँसम्म छुट पनि हुने बजाज कम्पनीका क्षेत्रीय अधिकृत विजय कुमार सिंहले बताए । पल्सर एनएस १२५ बिएससिक्स मोडलको मोटरसाइकलको लन्चिङ मुल्य २ लाख ७९ हजार ९०० रुपैयाँ राखिएको छ । 

सम्वन्धित समाचार

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…

 सल्लेरी (सोलुखुम्बु), १८ फागुन : जलवायु परिवर्तनका कारण हिमाल पग्लिएको र यसले स्थानीय समुदायमा पार…