•  ३ असोज 

     मुगुस्थित माटो प्रयोगशाला ६ वर्षदेखि प्रयोगविहीन अवस्थामा रहेकाे छ । ०७३ सालमा पाँच लाख रुपैयाँ लगानी गरेर स्थापना भएकाे प्रयोगशाला कर्मचारी अभावका कारणा प्रयाेगविहीन भएकाे हाे ।

    प्रयोगशालाका सामान प्रयोगमा नआउँदा कृषि विकास कार्यालयको एक कोठामा थन्किएको छ । प्रयोगशालामा लाखौँ पर्ने बहुमुल्य सामग्री छन् । जिल्ला कृषि बिकास कार्यालय मुगुका अनुसार कर्मचारी र बजेट पाए प्रयोगशाला  सञ्चालन हुने जनाएकाे छ । कार्यालय मुगुका प्रमुख खेमराज शाहीले प्रयोगशाला कहिले प्रयाेगमा आउँछ भन्ने बारे जानकारी नभएकाे बताए ।  

    माटो प्रयोगशाला ०७३ सालमा कर्णाली प्रदेश सरकारको कृषि तथा खाद्य सुरक्षा आयोजनाअन्तर्गत कर्णालीका १० वटै जिल्लामा स्थापना गरिएकाे हाे ।  

    माटो प्रयोगशाला नहुँदा मुगुका किसानले आफ्नाे खेतबारीकाे माटोको गुणस्तर थाहा पाउन सकेका छैनन् । माटाे परीक्षणपछि साेहीअनुसार किसानहरूले खेति लगाउने अपेक्षा  प्रयाेगशाला नचल्दा अपुरै रहेकाे छ । 

सम्वन्धित समाचार

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…

 सल्लेरी (सोलुखुम्बु), १८ फागुन : जलवायु परिवर्तनका कारण हिमाल पग्लिएको र यसले स्थानीय समुदायमा पार…