• सर्लाही, ६ असोज 

    सर्लाहीमा दुई पत्रकारमाथि निर्घात कुटपिट भएको छ । बागमती नगरपालिकामा भएका गतिविधिबारे समाचार बनाएका  अनलाइनपानाका दुई पत्रकारमाथि आक्रमण भएको हो । 

    नगरपालिकाको गतिविधिबारे समाचार लेखेका पत्रकारद्वय नारायणप्रसाद अधिकारी र शालिक भट्टलाई नगरपालिकामा बोलाएर मेयर भरतकुमार थापाका सहोदर भाइ रामकुमार थापासहितको टिमले निर्घात रुपमा कुटपिट गरेका हुन् ।  मेयरका भाइ थापासहितले पत्रकारद्वय अधिकारी र भट्टमाथि हेलमेटले आक्रमणसमेत गरेका थिए । 

    यसअघि अनलाइनपानाले नगरपालिकाले कानुनविपरित बनाएको भरत तालका कारण त्यहाँका नागरिक सुकुम्बासी बनेका विषयमा निरन्तर समाचार सम्प्रेषण गर्दै आएको थियो । मेयरले अन्तर्वार्तामार्फत थप कुरा प्रष्ट पार्ने भनेर मेयर थापाकै भाइ रामकुमार थापाले बोलाएपछि आफूहरू नगरपालिकामा पुगेका बेला आक्रमण भएको पीडित पत्रकार अधिकारीले बताए। तर, मेयर थापाकै संलग्नतामा आफूहरूमाथि आक्रमण भएको पीडित पत्रकारको आशंका छ । 

    अनलाइनपानाले यसअघि भरत तालका कारण सुकुम्वासीको घरमा बाढी, सर्लाहीको बागमतीमा बनेको भरतताल कानुनविपरीत, बागमतीका मेयर थापासहित १५ जनाविरुद्ध हत्या आरोप, कहाँ पुग्यो अनुसन्धान ? र बागमती नगरको अवैध धन्दा ः सागरनाथ वनको जग्गामा मेयरको रजाइँ शीर्षकमा समाचार सम्प्रेषण गरेको थियो ।

    यसअघि पनि मेयर थापाका भाइ रामकुमारले पत्रकारद्वयलाई पटक–पटक ज्यानमा मार्ने धम्की दिएका थिए। यसै विषयको समाचार लेखेको हिमाल पोस्टका सम्पादक मोती खानाललाईसमेत ज्यान मार्ने धम्की दिएका थिए ।

    मेयर थापामाथि विप्लव नेकपाका कुमार पौडेल हत्यामा सुराकी गरेको आरोप लागेको छ । 
     

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…