• काठमाडौं, ६ असोज 

    नेपाली चलचित्र प्रेमगीत ३ शुक्रबारबाट विश्वभर प्रदर्शन हुँदै छ । प्रदर्शन हुनुअघि नै भारतीय सिनेमाघर हाउस फुल हुने देखिएको छ । अग्रिम टिकट बुकिङले भारतीय सिनेमा घर पनि हाउस फुल हुने देखिएको निर्माता तथा निर्देशक सन्तोष सेनले जानकारी दिए । 

    चलचित्रको प्रचारप्रसारमा निर्माण टिम भारतको मुम्बईमा रहेको छ । बिहीबार प्रिमियर शो गर्ने तयारी भइरहेका बेला शुक्रबारदेखिका शोका लागि उत्साहका साथ टिकट बुकिङ भइरहेको निर्देशक सेनले बताए । 

    केही दिनका लागि शो हाउस फुल हुने गरी टिकट बुकिङ भइसकेको र बुकिङमा भारतीय दर्शकको उत्साह देखिएको उनले बताए । 

    केही दिनयता भारतमा रहेको अभिनेता प्रदीप खड्का र अभिनेत्री क्रिस्टिना गुरुङसँगको अन्न्तर्वार्तालाई भारतीय सञ्चार माध्यमहरुले प्राथमिकता दिएका थिए । मनोरञ्जन क्षेत्रको निकै चर्चित भारतीय टेलिभिजन जूमले प्रदीप र क्रिष्टिनासँँग प्रेमगीत ३ बारेमा अन्तर्वार्ता लिएको थियो । 

    सन्तोष सेनको निर्माण तथा निर्देशनमा बनेको चलचिच प्रेमगीत ३ हिन्दी भाषामा समेत प्रदर्शन हुन लागेको हो । भारतमा फिल्मलाई जी–म्युजिक, यूएफओ र मधु इन्टटेनमेन्टले प्रदर्शन गर्न लागेको हो।

    प्रदीप खड्का, क्रिस्टिना गुरुङको मुख्य भूमिका रहेको प्रेम गीत ३ मा सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, पुस्कर कार्की, प्रेम पुरी, अनुभव रेग्मी, योगिशा खत्री, जीवन भट्टराई, लक्ष्मी बर्देवालगायत कलाकारको अभिनय छ ।

सम्वन्धित समाचार

नेपाली गजल गायनको इतिहासमा पहिलो पटक  आठ गजलकारहरु  द्धारा लिखित गजल “तिमिलाई हेर्दा …

काठमाडौँ , २३ फागुन फागुपूर्णिमा अर्थात होली पर्व आज तराईका जिल्लामा हर्षोल्लासका साथ एकआपसमा रङ र लोल…

कञ्चनपुर, २३ फागुन   शुक्लाफाँटा नगरपालिका–३ पिपलाडीका थारु समुदायका अगुवा लहानु च…

  काठमाडौँको पश्चिम भेगमा रहेको किसिपिँढी गाउँले लिच्छविकालीन गौरवलाई पुर्नर्जीवन दिएको छ । मौलिक …