• काठमाडौं, ६ असोज 

    नेपाली चलचित्र प्रेमगीत ३ शुक्रबारबाट विश्वभर प्रदर्शनमा आएको छ । नेपाल, भारतसहित विभिन्न देशमा एक साथ प्रदर्शनमा आएको प्रेमगीत ३ मा दर्शकको उत्साहजनक सहभागिता रहेको निर्माता तथा निर्देशक सन्तोष सेनले जानकारी दिए । 

    शुक्रबारबाट प्रदर्शनमा आएको प्रेमगीत ३ को बिहीबार राति भारतको मुम्बईमा विशेष शो गरिएको थियो । विशेष शोमा प्रेमगीत ३ का अभिनेता प्रदीप खड्का र अभिनेत्री क्रिस्टिना गुरुङ आकर्षक पहिरनमा सहभागी थिए । साथै अभिनेत्री निरुता सिंह पनि उक्त शोमा सहभागी थिइन् ।

    शुक्रबारबाट भारतमा प्रेमगीत ३ हिन्दी भाषामा प्रदर्शनमा आएको हो । नेपालमा पनि घटस्थापनको दिन १० असोजदेखि हिन्दी भाषामा रहेको प्रेमगीत ३ प्रदर्शनमा आउने निर्देशक सेनले बताए । 

    भारतमा प्रेमगीत ३ लाई जी–म्युजिक, यूएफओ र मधु इन्टटेनमेन्टले प्रदर्शन गरेको हो । प्रदीप, क्रिस्टिनाको मुख्य भूमिका रहेको प्रेमगीत ३ मा सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, पुस्कर कार्की, प्रेम पुरी, अनुभव रेग्मी, योगिशा खत्री, जीवन भट्टराई, लक्ष्मी बर्देवालगायत कलाकारको अभिनय छ ।
     

सम्वन्धित समाचार

काठमाडौं,  ११ मंसिर ‘महापुरूष’ प्रदर्शनको पाँचौ हप्तामा प्रवेश गरेको छ । नेपाल…

काठमाडौं,२७ कार्तिक कवि तथा लेखक रमेश सायनको पहिलो उपन्यास ‘अन्तर’को आवरण सार्वजनिक भएको…

काठमाडौं, ११ कात्तिक  फिल्म ‘महापुरूष’ हलमा रिलिज भएको छ । फ्राइडे फिल्मअन्तर्गत एकल …

काठमाडौं, ८ कात्तिक गत आइतबार काठमाडौंमा प्रिमियर गरेर वाहवाही बटुलिरहेको फिल्म ‘महापुरूष&rsq…