• काठमाडौं, ८ आश्विन

    छैठौं सुशील केडीया स्मृति अन्तर विद्यालय फुटसल प्रतियोगिताको उपाधि ललितपुरको लिटिल एन्जल्स स्कुलले जितेको छ ।

    जावलाखेल स्थित डीएभी स्कुलमा सम्पन्न फाइनलमा लिटिल एन्जल्सले नेपाल पुलिस स्कुललाई ३-१ गोल अन्तरले पराजित गर्‍यो । सुरुवाती गोल पुलिस स्कुलले गरेता पनि खेलमा उत्कृष्ट पुनरागमन गर्दै लिटिल एन्जल्सले लगातार दोस्रो पटक उपाधि जित्न सफल रह्यो । 

    लिटिल एन्जल्सको लागि भार्गभ सिलवाल, सुवर्ण बस्नेत र लक्ष्य महर्जनले गोल गरे। पुलिस स्कुलका राम थापाले एक गोल गरे । 

    शुक्रबारनै सम्पन्न सेमीफाइनलमा पुलिसले गान्धी आदर्श स्कुललाई २-१ ले तथा लिटिल एन्जल्सले ग्रिनफिल्ड स्कुललाई ३-१ ले पराजित गर्दै फाइनल पुगेको थियो। तेस्रो स्थानको लागि भएको खेलमा ग्रिनफिल्डले गान्धी आदर्शलाई ३-१ ले पराजित गर्‍यो । 

    प्रतियोगिताको सर्वाधिक गोलकर्ता नेपाल पुलिस स्कुलका लक्ष्मण थानी भए भने उत्कृष्ट गोलकिपरको अवार्ड ग्रिनफिल्डका आदित्य थापाले जिते । प्रतियोगिताको उदयमान  खेलाडी लिटिल एन्जल्सका भार्गभ सिलवाल घोषित भए । गान्धी आदर्श इन्टरनेसनल स्कुलले फेयरप्ले अवार्ड प्राप्त गर्‍यो । विजेता खेलाडीहरूलाई राष्ट्रिय फुटबलर गौतम श्रेष्ठले पुरस्कृत गरे भने सोही अवसरमा श्रेष्ठलाई सम्मानित समेत गरिएको थियो । 

    तिन दिन चलेको प्रतियोगितामा उपत्यकाका १६ स्कुलका टिम सहभागी थिए । यसअघि आयोजित इन्डोर क्रिकेटको उपाधि आयोजक डीएभी स्कुलले जितेको थियो ।

सम्वन्धित समाचार

दोहा, ११ मंसिर विश्व वरियताको दोस्रो स्थानको बेल्जियम कतारमा जारी विश्वकपमा मोरोक्कोसँग २–० गोलल…

दोस्रो संस्करणको वीर गणेशमान सिंह राष्ट्रिय टेनिस प्रतियोगिता सुरु भएको छ ।वीर गणेशमान सिंह स्पोर्ट्स कमिटि…

भैरहवा, १२ कात्तिक गृहमन्त्री बालकृष्ण खाणले साइक्लिङले आन्तरिक पर्यटन प्रवर्द्धन र वातावरण संरक्षणमा सहयोग प…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरपालिका–१० मा पर्सि ११ गतेदेखि हुने पिट्सबर्ग फुटबल च्यालेन्ज कप&ndash…