• काठमाडौं, ९ असोज 

    बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१६स्थित टाँगिया बस्तीमा विद्युत पुगेको छ । प्रस्तावित निजगढ दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माण हुने भन्दै टाँगियाबस्तीमा वर्षौंदेखि विद्युतीकरण हुन सकेको थिएन । यसले गर्दा टाँगियाबस्तीवासी अँध्यारोमा बस्न बाध्य थिए । 

    नेपाल विद्युत प्राधिकरणको करिब दुई करोड ३४ लाख रुपैयाँको लगानीमा लाइन पुर्याएर शनिबारबाट टाँगिया बस्तीमा बत्ती बलिएको हो । टाँगिया बस्तीमा करिब एक हजार चार सय ७६ घरधुरी छन् । 

    ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भुसाल, ऊर्जा सचिव, प्राधिकरणका सञ्चालकहरू, प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ सम्मिलित उच्चस्तरीय टोलीले गत फागुनमा टाँगिया बस्तीको स्थलगत भ्रमण गरी विद्युतीकरणका विषयमा स्थानीयसँग छलफल गरेको थियो । टोलीले टाँगिया बस्तीलाई अँध्यारोमा राख्न नहुने भन्दै विद्युतीकरणको प्रक्रिया तत्काल अगाडि बढाउने प्रतिबद्धता जनाएको थियो । 

    ऊर्जा मन्त्रालयले विद्युतीकरणका लागि सहमति दिन संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई आग्रह गरेको थियो । पर्यटन मन्त्रालयले ‘दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माणपूर्व गरिने स्थातान्तरणमा सो बस्तीका स्थानीयले उक्त क्षेत्र छाड्ने लिखित प्रतिबद्धता हुनेगरी उक्त बस्तीमा विद्युतीकरण कार्य अगाडि बढाउन सकिने’ सहमति दिएको थियो । 

    प्राधिकरणका सिमरा वितरण केन्द्र प्रमुख रामु श्रेष्ठले पर्यटन मन्त्रालयले दिएको सहमतिबमोजिम हरेक घरधनीलाई लिखित कबुलियतनामा गराएका नयाँ वत्ति जडान गरिएको बताए । 

    प्राधिकरणले करिब सात किलोमिटर ११ केभी लाइन रुख नकाटिकन मोटरबाटोको छेउबाट तानेको छ । रुख नकाट्न जंगल क्षेत्रमा कभरड कन्डक्टर÷इन्सुलेटड कन्डक्टर प्रयोग गरिएको छ । टाँगिया बस्तीमा विद्युत उपलब्ध गराउन एक सय केभिए क्षमताका चार थान वितरण ट्रान्सफर्मर जडान गरिएको छ । 

सम्वन्धित समाचार

 नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ४ अर्ब ४ करोड रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्नेभएको छ।उक्त ऋणपत्र …

 अपर तामाकोशी हाइड्रोपावरको कम्पनीको लिलामी सेयर बाँडफाँटपछि नपरेको रकम आजबाट फिर्ता हुँदैछ। यस ल…

मोरङ । झापाको दमकमा स्थापित मेची बहुउद्देश्यीय सहकारी संस्थालाई सुझाव दिने हरेक सदस्यलाई नगद पुरस्कार दिन…

काठमाडौं, ११ माघ   प्रि-ओपन सेसनमा बुधबार सेयर बजारमा उकालो लागेको छ । यो सेसनमा नेप्से …