• सिरहा, ९ असोज

    सिरहाको गोलबजरमा नाला (ढल)मा शालनालसहितको नवजात शिशुको शव फेला परेको छ। गोलबजार नगरपालिका- ६ मा महिना पुगिसकेको जस्तो देखिने शालनालसहितको शिशु (छोरा)को शव नालामा फालिएको अवस्थामा आइतबार बिहान फेला परेको हो।

    स्थानीयले शिशुको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। खवर पाएपछि तत्काल पुगेको प्रहरीले आवशयक प्रक्रिया पूरा गरी पोष्टमार्टमका लागि शव प्रादेशिक अस्पताल लहान पाठाइएको इलाका प्रहरी कार्यालय गोलबजारका निमित्त प्रमुख इन्सपेक्टर प्रदीप पौड्यालले जानकारी दिए।

    अवैध सम्वन्धका कारण गर्भ रहेकाले लोकलाजका कारण शिशुको शव फालेको हुनसक्ने स्थानीयले अनुमान गरेको छ। प्रहरीले भने घटनाबारे अनुसनधान गरिरहेको जनाएको छ।

सम्वन्धित समाचार

काठमाडौं,  १२ मंसिर अनेरास्ववियुले चेतन अयडीको हत्यारालाई कारबाहीको माग गर्दै प्रदर्शन गरेक…

सिरहा, ११ मंसिर गोलबजार नगरपालिकाका पूर्वमेयर देवनाथ साहको घरमा एमाले कार्यक्रताले गरेको ढुंगा…

भैरहवा, ११ मंसिर रुपन्देही ३ बाट राप्रपाका वरिष्ठ नेता दिपक बोहरा विजयी भएका छन् । गृ…

भैरहवा, ८ मंसिर   रूपन्देहीकाे क्षेत्र नम्बर २ प्रदेश सभा १ बाट नेकपा एमालेका लिला गिरी विज…