• बैतडी, ९ असोज । बैतडीका जिप चालकमाथि भएको कुटपिटका विषयमा छलफलका लागि दुवै पक्षलाई प्रहरीले बोलाएको छ । बिहीबार पाटन नगरपालिका–५का जिप चालक खेमराज पाण्डेयलाई पाटन–६ का लक्ष्मण भण्डारीले कुटपिट गरेको पीडित पाण्डेयले बताए । यस विषयमा छलफल गर्न आइतबार प्रहरीले दुवै पक्षलाई बोलाएको हो । 

    ‘म जिल्ला सदरमुकामबाट यात्रु बोकेर पाटन गइरहेको थिएँ, पाटन बजार नपुुग्दै भण्डारीले फोन गर्नुभयो, अरु बेला राम्रैसँग बोल्ने भएकाले बोलाएको ठाउँमा गएँ । जानेबित्तिकै गालीग्लौज गर्दै कुटपिट गर्नुभयो,’ उनले भने ।

    कुटपिटबाट घाइते भएका पाण्डेय उपचारका लागी बिहिबार नै धनगढी गएका थिए । मायामेट्रो अस्पतालमा उपचार गरेर फर्केका उनको टाउकोमा चोट रहेको छ । टाउकोमा गम्भीर चोट रहेकाले मस्तिष्कमा असर गरेको शंका गरिएको छ । 

    यस विषयमा पीडितले इलाका प्रहरी कार्यालय पाटनमा उजुरी दिएका छन् । घटनाका बिषयमा उजुुरी प्राप्त भएकाले अनुसन्धान थालेको इलाका प्रहरी कार्यालय पाटनले जनाएको छ । आइतबार दुबै पक्षलाई छलफलका लागी प्रहरी कार्यालयमा बोलाएको इलाक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक कमल चौधरीले बताए

सम्वन्धित समाचार

 काठमाडौँ, २९ भदौ: अन्ततः लौहपुरुष गणेशमान सिंहको प्रतिमा निर्माण कार्य सम्पन्न भएको छ । विगत २३ वर्ष…

 ढोरपाटन (बागलुङ), २८ भदौ : आज कुशे औँसी अर्थात् बुबाको मुख हेर्ने दिन । आजका दिन आफ्नो बुबालाई भे…

 काठमाडौँ, १८ भदौ : ‘सहर उज्यालो कार्यक्रम’ अन्तर्गत साढे ११ हजार अत्याधुनिक स्मार्ट सडक ब…

रामपुर (पाल्पा), १३ भदौ : पाल्पाको रिब्दिकोट गाउँपालिका–२  जोर्तेमा जिप दुर्घना हुँदा तीनजनाक…