• चौतारा साँगाचोकगढी नगरपालिकाले ज्येष्ठ नागरिकहरुको लागि ‘ज्येष्ठ नागरिक स्वास्थ्य परीक्षण’ सुरु गरेको छ ।

    ज्येष्ठ नागरिकको सम्मानस्वरूप समुदायमै गएर बालबालिकाको खोप क्लिनिक जस्तै नियमित रुपमा जेष्ठ नागरिक क्लिनिक मार्फत स्वास्थ्य परीक्षण गर्ने नगरपालिकाको योजना छ ।

    आइतबार नगरको वडा नम्बर १३ नर्सिङडाडामा एक कार्यक्रमका बीच नगर प्रमुख  कृष्णप्रसाद सापकोटाले स्वास्थ्य सामाग्री हस्तान्तरण गर्दै  ‘ज्येष्ठ नागरिक स्वास्थ्य परीक्षण’ सुभारम्भ गरिएको हो । चौतारा साँगाचोकगढी नगरपालिकाको १४ वटै वडाका हरेक टोलमा पुगेर ज्येष्ठ नागरिक स्वास्थ्य क्लिनिक संचालन गरिने सापकोटाले बताए । 

    ज्येष्ठ नागरिकको उपचारमा समस्या भएपछि टोल टोलमै गएर स्वास्थ्य परीक्षण 

    अहिले एकल भएका र घरमा बुढाबुढी मात्र भएका ज्येष्ठ नागरिकमा धेरै स्वास्थ्य समस्या देखिएकोले समुदायमै गएर जेष्ठ नागरिक क्लिनिक मार्फत स्वास्थ्य परीक्षण गरेको  नगरपालिकाले जनाएको छ । स्थानिय ज्येष्ठ नागरिक  कालिका दुलाल भन्छिन्,‘ आफ्नै गाउँमा उपचार र स्वास्थ्य परीक्षण गर्दा दैलोमै सरकारको अनुभूति भएको छ। ’ आफन्तको बेवास्ताका कारण ज्येष्ठ नागरिक एक्लिँदा उनीहरूको स्वास्थ्यमा विभिन्न समस्या देखिरहेको स्वास्थ्यकर्मीको भनाइ छ । अधिकांश ज्येष्ठ नागरिकमा दम, उच्च रक्तचाप, मधुमेह, बाथलगायत स्वास्थ्य समस्या देखिएका छन् ।

    पहिलो चरणमा प्रत्येक वडामा शिविर मार्फत जेष्ठ नागरिकको स्वास्थ्य परीक्षण गर्दै रोग र समस्या पहिचान समेत हुने भएको छ । सामान्य स्वास्थ्य समस्या भएकाहरुलाई निःशुल्क औषधी दिइने र स्वास्थ्य समस्या जटिलउन्मुख भए आवश्यकताअनुसार अस्पताल पठाइने नगर स्वास्थ्य शाखाका जनस्वास्थ्य अधिकृत दिनेश नेपालले बताए ।  नगरभित्र हरेक वडामा रहेका हेल्थ पोस्टमा कार्यरत हेल्थ असिस्टेन्ट, सिनियर अहेब, अहेब र अनमी मध्येबाट  नियमित औपचारीक तालिका बनाएर सबै वडाका हरेक टोलमा ज्येष्ठ नागरिकको परीक्षण गर्न पुग्नेछन् ।

    ज्येष्ठ नागरिकका लागी नगरपालिकाको नीति,कार्यक्रममा २५ लाख रकम विनियोजन

    यो कार्यक्रमले जेष्ठ नागरिकको समस्या एकिन हुने र आगामी वर्ष प्रभावकारी कार्यक्रम बनाउन थप सहयोग पुग्ने उपप्रमुख सिता थापाको भनाई छ । ज्येष्ठ नागरिकले उपचारका लागि सास्ती भोग्न थालेपछि टोल टोलमै गएर स्वास्थ्य परीक्षण गर्न नगरपालिकाले नीति तथा कार्यक्रममा उल्लेख गर्दै २५ लाख रकम विनियोजन गरेको छ ।

    अहिले शिविरमा कारणबस आउन नसकेका जेष्ठ नागरिकको तथ्याङ्क पंजीकरण शाखाबाट लिएर घरघरमा पुग्ने र उनिहरुको समस्या पहिचान गर्ने चौतारा साँगाचोकगढी नगरपालिकाले जनाएको छ । 

सम्वन्धित समाचार

 भजनी (कैलाली), १७ फागुन:  सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशमा सरुवा रोग अनुसन्धान केन्द्रको स्थ…

खोटाङ, १३ फागुन :  दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलाकी २९ वर्षीया फुरदिकु शेर्पा…

 काठमाडौँ, १२ माघ :  नेपाल आँखा अस्पताल त्रिपुरेश्वरमा ‘लेन्स स्पेयरिङ भिट्रेक्टोमी’…

 तुलसीपुर (दाङ), १ भदौ : दाङ शान्तिनगर गाउँपालिका वडा नं २ ले घरमै पुगेर ज्येष्ठ नागरिक बिरामीको …