• नेपालमा गर्भपतनले कानुनी मान्यता पाएको बारे ४२ प्रतिशत महिला मात्रै जानकार रहेको एक अध्ययनले देखाएको छ । नेपालले १० असोज ०५९ मै गर्भपतनलाई कानुनी मान्यता दिएको हो । मुलुकी ऐनको ११औं संशोधनद्वारा गर्भपतनले कानुनी मान्यता पाएको थियो । कानुनी मान्यता पाएको २० वर्षमा नेपालले गर्भपतनलाई स्वास्थ्य सेवाको रुपमा मात्रै नभई महिलाको प्रजनन अधिकारको रुपमा अंगिकार गरिसकेको छ । 

    नेपालको संविधानले मौलिक हकको रुपमा अंगिकार गरेको प्रजनन स्वास्थ्य सेवा अधिकारको सम्मान, संरक्षण र परिपूर्ति गर्दै सुरक्षित, गुणस्तरीय, सर्वसुलभ तथा पहुचयोग्य सेवालाई व्यवस्थित गर्न सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार ऐन ०७५ र नियमावली ०७७ लागु गरिएको छ । कानुनी मान्यता पाएको दिनलाई सम्झना गर्दै सात वर्षदेखि विभिन्न कार्यक्रम आयोजना गरी राष्ट्रिय सुरक्षित गर्भपतन सेवा दिवस मनाइन्छ । यस वर्ष ‘सुरक्षित गर्भपतनः अपराध होइन, अधिकार हो’ भन्ने नाराका साथ आठौं राष्ट्रिय सुरक्षित गर्भपतन सेवा दिवस मनाइएको छ । 

    दिवसको अवसरमा परिवार कल्याण महासाखा, महिला कानुन विकास मन्च, आइपासलगायतले विभिन्न कार्यक्रम आयोजना गरेका छन् । महिला विकास र कानुनमञ्चका कार्यकरी निर्देशक सविन श्रेष्ठले नेपालमा सुरक्षित गर्भपतनको सुरुवातदेखि हालसम्मको अवस्थाबारे कार्यपत्र प्रस्तुत गरेका थिए । 

    सो क्रममा उनले केवल ४२ प्रतिशत महिलालाई मात्र गर्भपतनले कानुनी मान्यता प्राप्त गरेको बारे जानकारी रहेको बताए । कुल गर्भपतन गराएको महिलामध्ये ५८ प्रतिशतले असुरक्षित रुपमा गर्भपतन गरेको तथ्यांक छ । 

    स्वास्थ राज्यमन्त्री हिराचन्द्र केसीले कानुनत धेरै अधिकार प्राप्त भएको तर त्यसअनुसार कार्यान्वयनमा समस्या रहेको बताए । सुरक्षित गर्भपतनबारे स्कुल शिक्षामै समावेश गर्न आवश्यक रहेकोमा उनले जोड दिए । साथसाथै सुरक्षित गर्भपतनको अधिकारको दुरुपयोग पनि हुन सक्ने भएकाले ख्याल गर्नुपर्ने उनको भनाइ छ  । 

    राष्ट्रिय महिला आयोगकी अध्यक्ष कमला पराजुलीले आमा बन्ने चाहना हुँदाहुँदै श्रीमानको इच्छा नहुँदा बन्न नपाएको, अपाङ्गता भएकाहरूले आमा बन्न पाउने अधिकारको विषयलाई समेत ख्याल गर्नुपर्नेमा जोड दिइन । 

    काठमाडौं महानगर पालिकाकी उपमेयर सुनिता डङ्गोलले जानकारी नहुँदा पनि धेरैले समस्या भोग्नुपरेको बताइन ।

सम्वन्धित समाचार

काठमाडौं- आगामी तीन दिनसम्म देशभरको तापक्रम बढ्ने चेतावनी जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महा…

 भजनी (कैलाली), १७ फागुन:  सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशमा सरुवा रोग अनुसन्धान केन्द्रको स्थ…

खोटाङ, १३ फागुन :  दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलाकी २९ वर्षीया फुरदिकु शेर्पा…

 काठमाडौँ, १२ माघ :  नेपाल आँखा अस्पताल त्रिपुरेश्वरमा ‘लेन्स स्पेयरिङ भिट्रेक्टोमी’…