• भैरहवा, ११ असाेज । बुद्ध जन्मस्थल लुम्बिनी क्षेत्रकै अग्रणी शैक्षिक संस्था लुम्बिनी शिक्षा निकेतनको अध्यक्षमा पुनः गोविन्द ज्ञवाली निर्वाचित भएका छन् । दर्जनभन्दा बढी संस्थामा आबद्ध सफल व्यवसायीको रुपमा परिचय बनाएका ज्ञवाली विद्यालयको १७औँ साधारणसभाले अध्यक्षमा तेस्रो पटक निर्वाचित भएका हुन् ।

    दुई कार्यकाल सफल बनाएर स्कुलको भौतिक तथा शैक्षिक गुणस्तर उच्च बनाएकोले सञ्चालकको रोजाइमा ज्ञवालीले पुनः अध्यक्षको जिम्मेवारी पाएका हुन् । मायादेवी–४ झुलनीपुरस्थित विद्यालयले लुम्बिनी क्षेत्रमा धेरैलाई शिक्षाको पहुँचमा पुर्‍याई त्यस क्षेत्रको आर्थिक तथा सामाजिक विकासमा टेवा पुर्‍याएको छ ।

    संस्थाको साधारण सभाबाट आगामी तीन वर्षे कार्याकालका लागि अध्यक्षमा ज्ञवालीसहित प्रबन्ध सञ्चालकमा पिताम्बर न्यौपाने, संचलक सदस्यहरुमा मिथुनमान श्रेष्ठ, शेखर कार्की, मोहम्मद हारुन खान, नसिम अख्तर र शक्तिधर यादव सर्वसम्मत निर्वाचित भएको निर्वाचन संयोजक प्रख्यात बन्जाडेले जानकारी दिए । 

सम्वन्धित समाचार

 आजदेखि माध्यमिक शिक्षा परीक्षा (एसइई) को परीक्षा शुरु हुदै छ ।  चैत १५ देखि २७ गतेसम्म सञ्चालन…

मोरङ । पुरस्कार वितरण, सम्मान तथा सांस्कृतिक कार्यक्रमको आयोजना गरी आज मोरङको पथरीशनिश्चरे—२ मा रहे…

टक्सार (भोजपुर), ९ मङ्सिर : भोजपुर नगरपालिका उपप्रमुख निर्मला शेर्पाले बैठकभत्ताबापत प्राप्त रकमबाट २९ जना …

 खाँदबारी, २१ भदौ : भारत सरकारको सहयोगमा निर्मित सङ्खुवासभाको खाँदबारी नगरपालिकास्थित हिमालय किरण…