• खोटाङ, १३ असोज 

    खोटाङकी उदीयमान गायिका सुष्मिता राईको डेंगु संक्रमणका कारण निधन भएको छ । डेंगुको संक्रमणपछि काठ्माडौं पाटन अस्पताल भर्ना गरिएकी गायिका राईको उपचारका क्रममा बुधबार निधन भएको हो ।

    हलेसी तुवाचुङ नगरपालिका-५ दुर्छिमकी गायिका राईलाई मिर्गौला, कलेजो र फोक्सोमा समेत संक्रमण देखिएको थियो । लाइभ भिडियोमार्फत निको हुनक प्रार्थना गरिदिन आग्रह गरेको केही घन्टापछि सुष्मिताको निधन भएको हो । उनको निधनपछि नौ महिनाको महिनाको बिचल्ली भएको छ । 

    जन्मेको ६ वर्षमै दृष्टि गुमाएकी गायिका राई खोटाङबाट काठमाडौं पुगेर सांगीतिक क्षेत्रमा भविष्य बनाउन संघर्षरत थिइन् । छोटो समयमै दर्शक स्राेताको मन जित्न सफल गायिका राईले राजेशपायल राईलगायतसँग गीत गाइसकेकी थिइन् । सुष्मिताले लोकप्रिय गायिका अन्जु पन्तको समेत मन जितेकी थिइन् । सांगीतिक क्षेत्रमा जिल्लामै संघर्ष गरेकी उनी एसइई उत्तीर्णपछि काठमाडौं पुगेकी थिइन् । 

सम्वन्धित समाचार

मलेखु (धादिङ), ७ मङ्सिर : धादिङको गङ्गाजमुना झरना धार्मिक तथा पर्यटकीयरुपले परिचित स्थल हो । यस झरनामा व…

 लुम्बिनी, ९ कात्तिक : नवदुर्गाको प्रसाद स्वरुप टीका र जमरा लगाएपछि घुमफिर गर्न चाहनेका लागि बुद्ध जन्…

 ढोरपाटन (बागलुङ), १३ असोज : बागलुङमा बढी प्रचलित सोरठी, मारुनीलगायत मौलिक भाका र संस्कृति हराउँ…

जनकपुरधाम, ८ असोज ः राष्ट्रपति रामचन्द्र पौडेलले आज जनकपुरधामस्थित जानकी मन्दिरमा पूजाआजा एवं दर्शन गर्नुभए…