• लमजुङ १५ असोज    

    लमजुङका पर्यटकीय गाउँहरुमा अहिले आन्तरिक पर्यटकको चहलपहल बढ्न थालेको छ । पछिल्लो समय होमस्टे घुम्न गएर बिदा मनाउने आन्तरिक पर्यटकहरुको संख्या पनि बढेकाले पर्यटकीय गाउँमा चहलपहल बढेको हो । दशै  बिदालाई धुमधामका साथ मनाउने प्रचलन बढ्न थालेपछि स्वदेशी पर्यटक पनि होमस्टेतिर जाने गरेका हुन् ।

    होमस्टे व्यवसायीहरु पर्यटकको स्वागत सत्कार, सांस्कृतिक कार्यक्रम, पाहुनाको व्यवस्थापन, बिदाइलगायतका काममा व्यस्त हुन थालेका छन् । पछिल्लो समय लमजुङ ग्रामिण पर्यटनको हबसमेत बन्दै गएको छ । सार्कराष्ट्रकै नमुना स्मार्ट भिलेज घलेगाउँ ,काउलेपानी होमस्टे, राइनासकोट होमस्टे ,बेसीशहरको खासुर, खुदीको सिउरुङ, मस्र्याङ्दीको हर्सिङडाँडा, घेर्मुको रकगार्डेनलगायतका गाउँमा यतिबेला पर्यटकहरु पुगेका छन् ।

    घलेगाउँ पर्यटन व्यवस्थापन समिति घलेगाउँका अध्यक्ष प्रेमबहादुर घलेले गाउँमा पर्यटकको सङख्या बढेको बताए । पर्यटकको आगमन बढेसँगै होमस्टे सञ्चालकहरुको ब्यस्तता पनि बढ्न थालेको होमेस्टे सञ्चालक विष्णु गुरुङ बताउँछिन् ।

    यस्तै, लमजुङको उत्कृष्ट पर्यटकीय गन्तव्यको रुपमा रहेको गाउँशहरको काउलेपानी होमस्टेमा पनि पर्यटक आगमन बढेको छ । अहिले दैनिकरुपमा पारिवारिक एवं समूहगत रुपमा पाहुना आउन थालेको होमस्टे व्यवस्थापन समितिका अध्यक्ष देवबहादुर गुरुङले बताए ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…