• सिराहामा दसैंको मुखमा नक्कली नोटको बिगबिगी बढेको पाइएको छ । सिरहाको सबैजसो बैंकहरूमा हजार र पाँच सय दरको नक्कली नोट दिनहुँ जसो भेट्ने गरेको पाइएको हो ।

    सिरहा प्रहरीले बिहीबार नक्कली नोटसहित एक युवकलाई नियन्त्रणमा लिएको छ । कल्याणपुर नगरपालिका- ११ बजारबाट एक हजार दरको ५ थान नक्कली नोटसहित सोही नगरपालिका १० बस्ने ३९ वर्षीय जिवछ कामतीलाई प्रहरीले पक्राउ गरेको छ । 

    बजारमा मोबाइलको रिचार्ज किनेर कामतीले दिएको हजार दरको नोट नक्कली जस्तो लागेर पसलेले अर्को नोट मागेपछि अर्को पनि त्यस्तै देखिएपछि प्रहरीलाई खबर गरेका थिए । खबर पाउनासाथ ईलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको प्रहरीले उनलाई नक्कली नोटसहित पक्राउ गरेको हाे ।

    सो रकम स्थानीय एक सहकारीबाट कामतीले निकालेको प्रहरीलाई बताएका छन् । यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । वैदेशिक रोजगारबाट एक वर्षअघि घर फर्केका कामती खेती किसानी गर्दै अएका छन् । 

सम्वन्धित समाचार

काठमाडौं, २१ फागुन । अभिनेता नाजिर हुसेनको व्यस्तता बढ्न थालेको छ । उनले नयाँ फिल्ममा अनुबन्धित भएका छन् …

काठमाडौं, २० फागुन । आर्थिक गरिबीसँग लडिरहेको इजिप्टको सरकारले आफ्ना प्रमुख सहरहरू एक एक गरेर बेच्न बाध्य…

टीकापुर (कैलाली), १७ फागुन : कैलालीको टीकापुर नगरपालिकाभरि सयभन्दा बढी कुटानी पिसानी र पेलानीको काम …

काठमाडौं, ८ फागुन । हामी सबैको लागि स्मार्टफोन क्यामेरा, क्याल्कुलेटर, फोटो एल्बम, रिमाइन्डर आदि जस्ता धेरै…