• काठमाडौं, १५ असोज । रक्षक गौतम श्रेष्ठले त्रिभुवन आर्मी फुटबल क्लब छोडेका छन् । राष्ट्रिय फुटबल टोलीका सदस्य समेत रहेका गौतमले आगामी सिजन आर्मीमा नरहने निर्णय लिएका हुन् ।

    गत सिजन गौतम पहिलो पटक आर्मीको जर्सिमा ए डिभिजन लिग खेलका थिए । त्यस अघि उनी जावलाखेल युथ क्लबमा थिए । 

    आर्मीमा अनुबन्ध भएसगै राइट ब्याक गौतमले एएफसी कपको प्रारम्भिक छनोट खेलेका थिए । यद्यपि, आर्मी दोस्रो चरणमा स्थान बनाउन असफल रह्यो । आर्मीमा रहदा गौतमले थुप्रै मोफसल उपाधि जितेका थिए ।

    गौतमले व्यक्तिगत कारण आर्मी छोडेको बताएका छन्, 'व्यक्तिगत कारण आर्मी छोडेको हो,' गौतमले भने,' भविष्यको बारेमा अहिले केही टुंगो गरेको छैन ।'

    ११ असोजमा नेपाल र बंगलादेश मैत्रीपूर्ण खेल खेल्दा गौतम घाइते थिए । जसका कारण टोली बाहिर रहे ।  

सम्वन्धित समाचार

दोहा, ११ मंसिर विश्व वरियताको दोस्रो स्थानको बेल्जियम कतारमा जारी विश्वकपमा मोरोक्कोसँग २–० गोलल…

दोस्रो संस्करणको वीर गणेशमान सिंह राष्ट्रिय टेनिस प्रतियोगिता सुरु भएको छ ।वीर गणेशमान सिंह स्पोर्ट्स कमिटि…

भैरहवा, १२ कात्तिक गृहमन्त्री बालकृष्ण खाणले साइक्लिङले आन्तरिक पर्यटन प्रवर्द्धन र वातावरण संरक्षणमा सहयोग प…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरपालिका–१० मा पर्सि ११ गतेदेखि हुने पिट्सबर्ग फुटबल च्यालेन्ज कप&ndash…