• मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा आज(शनिबार) देखि तेस्रो पथरीशनिश्चरे प्रिमियर क्रिकेट लिग प्रतियोगिता सुरु भएको छ । 
    उद्घाटन खेलमा टस जितेर ब्यटिङ रोजेको बुद्ध युनाइटेडले सात बाघ किर्तिपुरलाई चार वीकेटले पराजित गर्दै प्रतियोगिताको दोस्रो चरणमा प्रवेश गरेको छ । 
    बुद्ध युनाइटेडले १०८ रणको टार्गेट दिएकोमा सात बाघ १९ ओभर ४ बलमा अलआउट भएको थियो । पहिलो खेलको म्यान आफ द म्याच बिजेता बुद्धा युटाइटेडका खेलाडि विशाल तामाङ घोषित भए । उनले टिमको लागि ३८ रणको योगदान गरेका थिए । 
    आजै भएको दोस्रो खेलमा क्लासिक हसन्दहले विरेन्द्रनगर स्टिल टाइगरलाई ७६ रणले पराजित गर्दै दोस्रो चरणमा प्रवेश गरेको छ ।
    टस जितेर ब्याटिङ रोजेको क्यासिक हसन्दहले विरेन्द्रनगरको लागि १४७ रणको टार्गेट दिएको थियो । विरेन्द्रनगरले पुरा ओभर खेले पनि ७६ रण मात्र जोडेका थिए । दास्रो खेल बिजेता क्लासिक हसन्दहका ५० रणको योगदान दिने देबेन्द्र थापा म्यान आफ म्याच घोषित भए ।  खेल जितेसँगै बुद्ध युनाइटेड र क्लासिक हसन्दहले २–२ अंक जोडेको छ ।
    भोलिको खेल ंरोयल किङ्स भर्सेज हिसाब किताब ट्राईडेन्ट र दोस्रो खेल आइतबारे अस्त्र भर्सेज मंगलबारे लिजेन्डवीच प्रतियोगिता हुने आयोजक समितिको अध्यक्ष अरुण राईले बताए । 
    लिग बिजेता टिमलाई १ लाख ११ हजार १११, दोस्रो हुने क्लबलाई ५५ हजार ५५५ नगद, ट्रफी, मेडल र प्रमाणपत्रहरु प्रदान गरिने अयोजक समितिका जनाएको छ । 
    प्रतियोगितामा अनुशासित टिम, उत्कृष्ट ब्याटर, बलर, क्षेत्र रक्षक, उदयमान खेलाडीलाई समेत नगदसहित पुरस्कृत गरिने आयोजक समितिको सदस्य बिरोज मगरले बताए । प्रतियोगिता आज (असोज २२ देखि सुरु भएर) कार्तिक ६ गते समापनहुने बताइएको छ । 

    प्रतियोगिताको उद्घाटन नगर प्रमुखबाट

    तेस्रो पथरीशनिश्चरे प्रिमियर क्रिकेट लिग प्रतियोगिता नगरप्रमुख मोहन तुम्बापोको हातबाट उद्घाटन भएको छ । 
    नगरमा क्रिकेट खेलाडि उत्पादन र खेलकुद बिकास गर्ने उदेश्यले सुरु भएको लागिको उद्घाटन पछि प्रमुख तुम्बापोले शुभकामना दिएका थिए । 
    नगर प्रमुख तुम्बापोले ब्याटिङ र ३ नं. वडा अध्यक्ष बिजय लिम्बूले बलिङ गरेर खेलको उद्घाटन गरिएको थियो । उद्घाटन कार्यक्रममा पथरीशनिश्चरे प्रिमियर क्रिकेट लिग प्रतियोगिता आयोजक समितिको अध्यक्ष अरुण राईले नगरमा क्रिकेट मैदान व्यबस्थापन गर्न नगर प्रमुखलाई अनुरोध गरेका छन् । स्वागत मन्तब्यको क्रममा राकेश राई र उद्घोषक विरोज मगरले पनि क्रिकेट मैदान व्यवस्थापन गर्न नगर प्रमुखलाई ध्यान आकर्षण गराएका थिए । उद्घाटन कार्यक्रममा २ नं. वडा अध्यक्ष नैन राई र ८ नं. वडा अध्यक्ष नवीन जंङ कार्की, पथरीशनिश्चरे फुटबल प्रिमियर लिग आयोजक समितिको उपाध्यक्ष बिक्की राई लगायतको उपस्थिति रहेको थियो । 

सम्वन्धित समाचार

 जानकी (बाँके), १७ कात्तिक : ‘मुख्यमन्त्री कोहलपुर गोल्डकप २०८०’ प्रतियोगिताअन्तर्गत बिहीब…

 काठमाडौँ, २० भदौ : नेपालमा पछिल्लो समय क्रिकेटको लोकप्रियता बढेसँगै क्रिकेट खेलका लागि मैदानसहितक…

 नेपालले मलेसियाविरुद्धको पाँच खेलको टी-ट्वान्टी महिला सिरिजको उपाधि जितेको छ ।   &nbs…

 घोराही, २३ वैशाख   विगतमा घरमै मोबाइल चलाएर बस्ने बालबालिकाको दैनिकी अचेल फेरीएको छ । उन…