• जिल्ला प्रहरी कार्यालय उदयपुरले उदयपुरको ताप्ली गाउँपालिका– ३ मा लगाइएको अबैध ३ हजार बोट गाँजा नष्ट गरेको छ । इलाका प्रहरी कार्यालय कटारी, प्रहरी चौकी रामपुर झिल्केबाट प्रहरी सहायक निरीक्षक यज्ञबहादुर श्रेष्ठ सहित प्रहरी टोलीले ताप्ली गाउँपालिका– ३ अन्र्तगत डाँडागाउँ, फुर्के, दगलेमा लगाएको अबैध गाँजा नष्ट गरेको हो ।
    त्यस क्षेत्रमा गाँजा नष्ट गर्ने अभियान सुरु गरेको ईलाका प्रहरी कार्यालय कटारीका प्रमुख प्रहरी नायव उपरीक्षक रविन कार्कीले जानकारी दिए । अहिले इलाका प्रहरी कार्यालय र मातहतका प्रहरी चौकीहरुबाट टोली खटाएका र आवश्यक परे  जिल्ला प्रहरीबाट समेत टोली खटाउने तयारीमा रहेको डिएसपी कार्कीले बताए ।

    प्रहरीले त्यस क्षेत्रमा बिगत ११ वर्ष देखि नियमित रुपमा गाँजा फडानी गर्दै आएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । 
     

सम्वन्धित समाचार

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…

 सल्लेरी (सोलुखुम्बु), १८ फागुन : जलवायु परिवर्तनका कारण हिमाल पग्लिएको र यसले स्थानीय समुदायमा पार…