• उदयपुर, १ कात्तिक
    जिल्ला प्रहरी कार्यालय उदयपुरले ६७ औँ प्रहरी दिवसका अवसरमा उत्कृष्ट काम गर्ने संगठनका ६ जना प्रहरीलाई सम्मान गरेको छ । प्रहरी नायव निरिक्षक गंगाराम राईसहित ६ जनालाई सम्मान गरिएको हो । 

    पुरस्कृत हुनेमा प्रहरी नायव निरीक्षक गंगाराम राईदेखि जवान विनिता हेल्मुसम्म ६ जना छन् । सई राई र अर्का पुरस्कृत प्रहरी सहायक निरीक्षक घनश्याम पोखरेल जिल्ला प्रहरी कार्यालयमै कार्यरत हुन् । 

    इलाका प्रहरी कार्यालय बेलटारमा कार्यरत प्रहरी हवल्दार शौरभकाजी थापा र इलाका प्रहरी कार्यालय रामपुर ठोक्शीलामा कार्यरत अर्का हवल्दार नवराज भुर्तेल पनि पुरस्कृत भए । इलाका प्रहरी कार्यालय कटारीका सहायक प्रहरी हवल्दार निरन्ज्ञन दनुवार र जिल्ला प्रहरी कार्यालयकै जवान बिनिता हेल्मु पनि पुरस्कृत भएका छन् ।

    उदयपुरका प्रमुख प्रहरी उपरिक्षक एसपी ज्ञानेन्द्रप्रसाद फुयालले पुरस्कार तथा प्रमाणपत्र प्रदान गरेका थिए । 

सम्वन्धित समाचार

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…

 सल्लेरी (सोलुखुम्बु), १८ फागुन : जलवायु परिवर्तनका कारण हिमाल पग्लिएको र यसले स्थानीय समुदायमा पार…