• काठमाडौं, १ कात्तिक 
    नवौं बृहत राष्ट्रिय खेलकुदअन्तर्गत एथलेटिक्स ४ सय मिटर दौडमा एपिएफकी रमिताकुमारी थारुले राष्ट्रिय कीर्तिमानसहित स्वर्ण पदक जितेकी छिन् । 

    मंगलबार पोखरा रंगशालामा महिलातर्फ रमिताले ह्यान्ड टाइममा राष्ट्रिय कीर्तिमानसहित स्वर्ण जित्दा निर्धारित दूरी ५८.१० सेकेन्डमा पूरा गरिन् । रमिताको राष्ट्रिय खेलकुदमा पहिलो स्वर्ण पदक हो ।

    रमिताले दिलमाया कार्कीको नाममा रहेको ५८.५० सेकेन्डको ह्यान्ड टाइमको कीर्तिमान तोडिन् । आर्मीकी निर्मला थापाले रजत जितिन् भने एपिएफकी कल्पना श्रेष्ठले कास्य पदक हात पारिन् । 

    पुरुषतर्फको चार सय मिटरमा त्रिभुवन आर्मी क्लबका सोम कुमालले नयाँ राष्ट्रिय कीर्तिमानसहित  स्वर्ण पदक जितेका छन् । यसै विधामा एपिएफका आशिष चौधरीले रजत र आर्मीका प्रकाश दनुवारले कास्य पदक जिते । 

सम्वन्धित समाचार

काठमाडौँ । इन्टर मियामी कोन्काफ च्याम्पियन्स कपको क्वाटरफाइनलको पहिलो लिगमा पराजति भएको छ । विहिबार बिहान…

मोरङको साङ्ग्रिला क्लब विराट गोल्डकपको फाइनलमा पुगेको छ । गएराती विराटनगरस्थित शहिद रंगशालामा सम्पन्न खेलम…

 साउदी प्रो लिग अन्तर्गत अल नासरले अल टाईलाई फराकिलो अन्तरले पराजित गरेको छ । गएराती सम्पन्न खेलमा अ…

 इटहरीमा जारी १४औँ अन्तर्राष्ट्रिय आमन्त्रण कन्ट्रोल इटहरी गोल्डकपको उपाधिको लागि चर्च ब्वाइज युनाइटेड र …