• दैलेख, २ कात्तिक

    स्वास्थ्यका लागि खेलकुद राष्ट्रको लागि खेलकुद भन्ने मूल नारासहित दैलेखमा दैलेखी युथ कप खेलकुद प्रतियोगिताको आयोजना गरिएको छ । लामो समयदेखि खेलकुद महोत्सव सञ्चालन गर्दै आएको दैलेखी युथले यसपटक जिल्लास्तरीय खुल्ला दैलेखी युथकप फुटसल र व्याटमिन्टन प्रतियोगिताको आयोजना गरेको हो ।

    ४ कात्तिकसम्म सञ्चालन हुने प्रतियोगितामा जिल्लाका दशवटा फुटसल समूहहरू प्रतिस्पर्धामा सहभागी छन् । व्याटमिन्टनतर्फ दुई दर्जन सेट सहभागी हुने प्रतियोगिताको संयोजक मनोज भण्डारीले बताए । फुटसलका खेलहरू स्थानीय खुला मञ्च टुँडिखेलमा सञ्चालन भएको छ । व्याटमिन्टन तर्फका खेलहरू कभर्डहलमा सञ्चालन हुने आयोजकले जनाएको छ ।

    फुटसलतर्फ प्रथम हुनेले ३० हजार र दोस्रो हुनेले १५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । त्यस्तै व्याटमिन्टनतर्फ प्रथम पुरस्कार १५ हजार र दोस्रो हुनेले सात हजार नगद पुरस्कार प्रप्त गर्ने छन् । प्रतियोगिताका लागि नारायण नगरपालिका-१ वडा कार्यालयले मुख्य प्रायोजन गरेको छ भने सहप्रायोजन चामुण्डाबिन्द्रासैनी नगरपालिका र प्रायोजन तरुण मिडिया प्रालिको छ । 

    तस्बिर विशाल सुनार 

सम्वन्धित समाचार

काठमाडौं, ४ माघ  बंगबन्धु शेख मुजिब ढाका म्याराथनमा सहभागी हुन १० खेलाडीसहित ११ सदस्यीय नेपाली ट…

काठमाडौं, २७ पुस  भारतले श्रीलंकाविरुद्धको एक दिवसीय अन्तर्राष्ट्रिय श्रृंखलाअन्तर्गत पहिलो खेलमा &n…

 इटहरी, २७ पुस इटहरीमा २९ पुसबाट हुने प्रधानमन्त्री कप महिला राष्ट्रिय टि-२० क्रिकेट प्रतियोगिताको त…

काठमाडौं, २१ पुस कतार विश्वकपका स्टार एन्जो फर्नान्डेजलाई ठूलो रकम खर्च गर्न इंग्लिस प्रिमियर लिग क्लब चेल्सी…