जनकपुरधाम, १४ कात्तिक
प्रधानमन्त्री शेरबहादुर देउवापत्नी आरजु राणा देउवाले गंगा सागर पोखरीमा छठ पूजामा सहभागी भएकी छन् ।
आइतबार जनकपुरधाम आइपुगेकी उनले अपराह्न गंगा सागरमा पुगेर सन्ध्या अर्घ्य अर्पण गरेकी हुन् ।
आइतबार साँझ जलाशयमा व्रतालुहरुले अस्ताउँदो सूर्यलाई अर्घ्य दिने र भोलि सोमबार बिहान उदाउँँदो सूर्यलाई अर्घ्य दिएपछि छठ पर्व समापन हुनेछ ।
तस्बिर : घनश्याम मिश्र
 
                                
 
                                                     
                                                    
                                                 
                            
                         
                            
                         
                            
                        