• काठमाडौं, १४ कात्तिक 

    ललितपुर क्षेत्र नम्बर ३ कि उम्मेदवार माओवादी केन्द्रकी नेतृ पम्फा भुसालले वामदेव गौतमसँग भोट मागेकी छन् । 

    भैंसेपाटीस्थित गौतम निवासमा पुगेर भुसालले  भोट मागेकी हुन् । एमालेका तर्फबाट राष्ट्रिय सभा सदस्य रहेका गौतम पछिल्लो समय राजनीतिक सक्रिय छैनन् । 

    एमाले विभाजनपछि एमाले र नेकपा एकीकृत समाजवादीमा नगई वाम एकताको पक्षमा लागेको बताउने गौतम देश चुनावमय हुँदा निस्क्रिय देखिन्छन् । 

    उनै गौतमलाई भेटेर भुसालले आफूलाई मत दिन र चुनावमा सघाउन आग्रह गरेकी हुन् । सत्तारुढ गठबन्धनबाट उम्मेदवार रहेकी भुसालले २०६४ र २०७४ सालको निर्वाचनमा सोही क्षेत्रबाट निर्वाचित भएकी थिइन् । तर, २०७० सालकाे निर्वाचन भने उनी सम्मिलित पार्टीले बहिस्कार गरेकाे थियाे । 

    यसपटक गठबन्धनको समर्थनसहित उनी चुनावी मैदानमा छिन् । हाल राजनीतिमा सक्रिय नरहेका र कतै नदेखिएका गौतमलाई भेटेर उनले आफूलाई सहयोग गर्न आग्रह गरेकी हुन् । 

    तस्बिर साैजन्य : पम्फा भुसाल

सम्वन्धित समाचार

विराटनगर ।  कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई एमालेले मार्ग प्रशस्त गर्न एमालेले आग्रह गरेको छ …

धनगढी । सुदूरपश्चिम प्रदेशमा नयाँ सरकार बनाउन दाबि गर्ने समय आज सकिदै छ । प्रदेश प्रमुख नजिर मियाँले चैत…

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभाको बैठक अवरोध गरेको छ । प्रतिनिधिसभाको बैठक…

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को जनप्रदर्शनमा झडप भएको छ । भृकुटीमण्डपबाट शुरु भएको रा…