• ताप्लेजुङ । प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचन हुन एक दिन मात्रै बाँकि छ । बिहिवार राती १२ बजेबाट मौन अवधि सुरु भएको छ । मौन अवधिमा कसैलाई कुनैपनी माध्यम बाट भोट माग्न नपाउने, भोज भत्तेर, आमसभा, गर्न नपाउने भनेर निर्वाचन आयोगले सबै उम्मेदवार तथा राजनीतिक दललाई आग्रह गरिरहेको छ ।
    निर्वाचन आचारसंहिता २०७९ मा यदि त्यसो गरेको पाइएमा कानुनत दण्डनिय हुने बताइएको छ । आयोगको यो आग्रहलाई चुनौतिको साथ आचारसंहिता उलंघन गर्दै ताप्लेजुङबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार एमाले केन्द्रीय सचिब तथा पुर्ब मन्त्री योगेश भट्टराईले आफ्ना योजना सहितको भिडियो पोस्ट गर्दै मत मागेपछि जनता आक्रोसित भएका छन ।
    गए राती उनले “सुखी नेपाली, समृद्ध नेपाल निर्माणको, संघ र प्रदेशमा एमालेको सरकार” जिल्लाको विकासको आवश्यकता र जनभावनालाई बुझ्दै जिल्लाको विकास र निर्माणमा हामिले आफ्नो पहल कदमी अगाडि बढायौँ । भन्दै बितेका पाँच वर्ष गरेको प्रयात्न र बजेट विनियोजनाको फेहरिस्त राख्दै सुर्य चिन्हमा स्वस्तिक चिन्ह लगाएको र नमस्कार गरेको तस्वीर सहित को पोस्टर शुक्रबार राती उनले आफ्नो फेसबुक पेजमा पोस्ट गरेका थिए । उनको पोस्ट लगत्तै धेरै जनाले उनको पोस्टमा निर्वाचन आयोग नेपाललाई मेन्सन गर्दै कार्बाहिको माग गरेको कमेन्टमा आचारसंहिताको उलंघन भएको टीप्पणी गरेका थिए । पोस्ट गरेको करिब एक घन्टामा उन्ले त्यो पोस्ट डिलीट गरे । तर उनी त्यति मै रोकिएनन फेरि ताप्लेजुङका सडक बारे मैले देखेका सपना ब्याकग्राउन्डमा लेखेको सहित आफैले पेपर हेर्दै बोलेको सात मिनेट २६ सेकेन्ड को भिडियो पोस्ट गरे । त्यो भिडियोमा पनि उसैगरी धेरैले आचारसंहिता उल्लंघन गरेको भन्दै कमेन्ट गरे भने कतिपयले निर्वाचन आयोगलाई मेन्सन गर्दै कारबाहिको माग गरे ।
     मौन अवधिमा सबैले आचारसंहिताको पालना गर्नु पर्नेमा उम्मेदवारले उल्लंघन गरेपछी उम्मेदवार प्रती प्रश्न चिन्ह खडा भएको छ । गल्तिले एउटा पोस्ट भयो र डिलीट गरे भन्ने मान्न सकिए पनी फेरि अर्को योजना सहितको भिडियो पोस्ट गर्दै भोट माग्नु आचारसंहिता उल्लंघन भएको देखिन्छ । भट्टराईले पोस्ट गरेको पोस्टर भिडियोको स्कृनसटले भने येति बेला चर्चा कमाई रहेको छ ।


     

सम्वन्धित समाचार

मोरङ । मोरङको उर्लाबारी—५ स्थित अरनिको अस्पतालमा कार्यरत ३५ बर्षिय डाक्टर मनिषकुमार यादव बिहिबार वि…

मोरङ । मोरङको पथरी सनिश्चरेबाट प्रकाशितहुँदै आएको जमर्को साप्ताहिकले आइतबार बाह्रौं वार्षिकोत्सव मनाएको छ।…

उर्लाबारी । भदौं पहिलो साता हुने उर्लाबारी उद्योग बाणिज्य संघको निर्वाचनमा महासचिब पदमा युवा ब्यवसाय…

मोरङ । पालिकाको सौन्दर्यता बढाउने लगायतको रकम व्यवस्थापन गर्दै मोरङको कानेपोखरी गाउँपालिकाले आर्थिक वर्ष २…