• जुम्ला, ३ मंसिर

    अविरल वर्षापछि आएको बाढीले बगाएको पुल निर्माण भएपछि  हाटसिंजावासीलाई आवतजावतमा सहज भएको छ ।  

    बाढीले कनकासुन्दरी गाउँपालिका–४ हाटसिंजामा वडा कार्यालय, विद्यालयसहितका प्रशासनिक केन्द्र जाने पुरानो काठको पुल बगाएपछि आवतजावतमा समस्या हुँदै आएको थियो । तर, नेपाली सेना र प्रहरीले पुल बनाइदिएपछि आवतजावतमा सहज भएको वडाध्यक्ष सूर्यमणि हमालले जानकारी दिए । 

    पुल नहुँदा ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा मतदान गर्न जान स्थानीयलाई कठिन हुने थियो । पुल बनेपछि कालिका आधारभूत विद्यालयमा रहेको मतदान केन्द्रबाट मतदान गर्ने स्थानीयवासीलाई सहज भएको वडाध्यक्ष हमालले बताए । 

    उनका अनुसार स्थानीय वडापालिकाको पहलमा मतदानमा खटिएको नेपाली सेना, हाटसिंजा प्रहरी चौकी, म्यादी प्रहरी र स्थानीयको सहयोगमा एक हप्तामा तीनवटा काठको पुल निर्माण भएको छ । पुल बनेसँगै कनकासुन्दरी–४ कालिका आधारभूत विद्यालयको मतदान केन्द्रमा जान सहज भएको हो ।

    नेपाली सेना नन्दाबक्स गण जुम्लाका गणपति रविन थापाका अनुसार निर्वाचनमा खटिएको नेपाली सेनाका आदित्यजंग शाहीको नेतृत्वमा खटिएको ३९ जना नेपाली सेनाको टिमले मतदान केन्द्र जाने पुल बनाउन सहयोग गरेको हो । 

सम्वन्धित समाचार

मोरङ्ग (लेटाङ ),१८ मङ्सिर      मोरङ्ग -लेटाङ्ग नगरपालिका वडा नम्बर ३ स्थित जंगली ह…

 काठमाडाँ, १७ मङ्सिर : नेपाली कांग्रेसले आफ्ना केन्द्रीय सदस्य तथा नेताहरुलाई जाजरकोटको भूकम्प प्रभावि…

गोदावरी (कैलाली), १२ मङ्सिर : चुरे गाउँपालिका–४ खैरालामा रहेको गर्भा दरबार संरक्षण अभावमा जीर्ण ब…

 कास्की, १७ कात्तिक : एसियाली विकास बैंक (एडिबी)ले कास्कीको पोखरामा थप परियोजनामा सहयोग गर्ने भएको…