• दोहा, ११ मंसिर

    विश्व वरियताको दोस्रो स्थानको बेल्जियम कतारमा जारी विश्वकपमा मोरोक्कोसँग २–० गोलले पराजित भएको छ । अल थुमामा रंगशालामा सम्पन्न खेलमा आफूभन्दा २० बरियता तलको मोरक्कोसँग बेल्जियम पराजित भएको हो ।

    पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ७३औं मिनेटमा अब्देलहामिद साबिरीले गोल गर्दै बेल्जियमलाई अग्रता दिलाएका थिए । रोमाञ्चक खेलमा बेल्जियमले पाएको अवसर सदुपयोग गर्न नसक्दा हारबाट जोगिनसकेन ।

    निर्धारित ९० मिनेटसम्म लगातार सिर्जना गरेका मौकाको सदुपयोग गर्न नसक्दा बेल्जियम दुर्भाग्यशाली साबित भयो । बेल्जियमले गरेका १० प्रहार मोरक्कोले विफल बनाएको थियो ।

    इन्जुरी समयमा अगाडि बढेर आक्रामक बनेको बेल्जियमको रक्षापंक्ति खुकुलो भएको थियो । बेल्जियमको सोही कमजोरीको फाइदा उठाउँदै मोरक्कोले काउन्टर अट्याकमा दोस्रो गोल गर्‍यो ।

    हाकिम जिचचले दायाँतर्फबाट दिएको क्रसमा शकारिया अब्दुखलाले सुन्दर गोल गर्दै मोरक्कोको जित दिलाए ।

सम्वन्धित समाचार

काठमाडौँ । इन्टर मियामी कोन्काफ च्याम्पियन्स कपको क्वाटरफाइनलको पहिलो लिगमा पराजति भएको छ । विहिबार बिहान…

मोरङको साङ्ग्रिला क्लब विराट गोल्डकपको फाइनलमा पुगेको छ । गएराती विराटनगरस्थित शहिद रंगशालामा सम्पन्न खेलम…

 साउदी प्रो लिग अन्तर्गत अल नासरले अल टाईलाई फराकिलो अन्तरले पराजित गरेको छ । गएराती सम्पन्न खेलमा अ…

 इटहरीमा जारी १४औँ अन्तर्राष्ट्रिय आमन्त्रण कन्ट्रोल इटहरी गोल्डकपको उपाधिको लागि चर्च ब्वाइज युनाइटेड र …