• महोत्तरी, १६ मंसिर 
    प्रदेश र प्रतिनिधिसभाको निर्वाचन सकिएसँगै महोत्तरीको बर्दिबासमा निर्वाचन सुरु भएको छ ।बर्दिबास नगरपालिकामा १० वर्षदेखि हुन नसकेको उद्योग वाणिज्य संघ र खानेपानी संस्थानको निर्वाचनले माहोल तातेको हो ।

    ७ पुसमा निर्धारण भएको उद्योग वाणिज्य संघको निर्वाचनका लागि दौडधुप सुरु भएको छ । झण्डै १४ सय व्यवसायी अहिले उद्योग वाणिज्य संघ बर्दिबासमा दर्तामा छन् ।यतिबेला आगामी नेतृत्वको रस्साकस्सीमा दुई जना मैदानमा देखिएका छन् । पूर्वउपाध्यक्ष कृष्ण गौतम र विष्णु खडकाको बजारमा चर्चा चलेको छ ।

    उपाध्यक्ष कृष्ण गौतमले पत्रकारसँगको भेटघाटमा २० वर्षदेखिको वाणिज्य संघमा बसेर गरेको कामलाई अध्यक्षको नेतृत्व लिएर अगाडि बढन चाहेको बताए ।विष्णु खडकाले पनि विगतमा सामाजिक संस्थामा बसेर गरेको कुशल र सफल नेतृत्व अब उद्योग वाणिज्य संघमा बसेर अझ फराकिलो बनाउने बताउँदै आएका छन् ।

    पूर्वमहासचिवको भूमिकामा रहेर काम गरिसकेका युवा भवनाथ खतिवडाले पनि संस्थाको नेतृत्व गर्ने चाहना व्यक्त गरेका छन् । उनले सामाजिक सञ्जाल आफ्नो फेसबुक मार्फत आफू पनि अध्यक्षको उम्मेदवार भएको घोषणा गरेका छन् ।

सम्वन्धित समाचार

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…

 सल्लेरी (सोलुखुम्बु), १८ फागुन : जलवायु परिवर्तनका कारण हिमाल पग्लिएको र यसले स्थानीय समुदायमा पार…