• मोरङ । मंगोल नेशनल अर्गनाइजेशन मोरङको पथरीशनिश्चरे नगर समतिले आज ३४ औं स्थापना दिवस मनाउदैछ ।
    पथरीशनिश्चरे ७ पुलचौक स्थित नगर समितिको कार्यलयमा भेला भएर शुभकामना आदानप्रदान गरेर स्थापना दिवस मनाउने तयारीमा रहेको छ ।
    संगठन स्थापनाको ३४ औं स्थापना दिवस मनाउन १ नं. प्रान्तिय समितिको सदस्य सोम्बल तामाङ आउने कार्यक्रम रहेको एमएनओको नगर अध्यक्ष पुनम राईले बताए । संगठनको केन्द्र, प्रान्त, जिल्ला र नगरसमितिहरुले स्थापना दिवस मनाउने कार्यक्रम रहेको बताइएको छ । 
    एमएनओ मंगोल नेशनल अर्गनाइजेशन र मंगोल नेशनल अर्गनाइजेशन डाक्टर गोपाल गुरुङ (डीजीजी) गरी दुई समूहमा बिभाजित रहेको छ । बुद्धलाल मेचेको नेतृत्वमा रहेको एमएनओ निर्वाचन लड्दै आएको छ भने वीरलाल राईको नेतृत्वमा रहेको एमएनओ (डीजीजी) चुनावमा सहभागी भएका छैनन् । दुवै समूले छुट्टछुट्ट स्थापना दिवस मनाउदै आएका छन् ।
     

सम्वन्धित समाचार

मोरङ । नेपाली कम्युनिष्ट पार्टीका उमेद्वार डा.देउमान सम्वाहाङ्फेले मोरङ ३ नं. क्षेत्रमा निर्वाचन जित्ने विष्ले…

मोरङ । जनता समाजवादी पार्टी नेपालको तर्फबाट  सुनसरी–१ मा संजय मेवाहाङ राईले उम्मेदवारी दिएक…

मोरङ । कुलमान घिसिंङ नेतृन्वको उज्यालो नेपाल पार्टीको समानुपातिक उमेद्वारसहित ३ जनाले पार्टी परित्याग गरे…

मोरङ । परिआएको खण्डमा नेपालमा फेरि हतियार उठ्न सक्ने प्रदेश नं. १ का पूर्व मुख्यमन्त्री राजेन्द्र राईले चेताव…