• काठमाडौं, ४ माघ 
    बंगबन्धु शेख मुजिब ढाका म्याराथनमा सहभागी हुन १० खेलाडीसहित ११ सदस्यीय नेपाली टोली आज बुधबार बंगलादेशको ढाका प्रस्थान गर्दैछ ।

    जनवरी २० तारिखमा हुने प्रतियोगिताको फुल म्याराथनतर्फ पुरुषमा किरणसिंह बोगटी, सन्तोषविक्रम विष्ट र करणबहादुर खड्का तथा महिलामा विन्द्राधन्के श्रेष्ठ र पुष्पा भण्डारीले प्रतिस्पर्धा गर्ने छन् । हाफ म्याराथनको पुरुषमा गोपीचन्द्र पार्की र सन्तोषनाथ योगी तथा महिलामा सन्तोषी श्रेष्ठ, राजपुरा पछाईं र रेखा विष्टले खेल्ने छन् । प्रशिक्षक तथा अफिसियलमा विमला राना मगर छिन् ।

    टोलीलाई सफलताको शुभकामना दिदै राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले मंगलबार एक कार्यक्रमबीच बिदाइ गरेका थिए ।

सम्वन्धित समाचार

 नेपालले मलेसियाविरुद्धको पाँच खेलको टी-ट्वान्टी महिला सिरिजको उपाधि जितेको छ ।   &nbs…

 घोराही, २३ वैशाख   विगतमा घरमै मोबाइल चलाएर बस्ने बालबालिकाको दैनिकी अचेल फेरीएको छ । उन…

बुद्ध जन्मस्थल लुम्बिनीमा ‘शान्ति र समृद्धिका लागि खेलकुद भन्ने’ मूल नारासहित आयोजित लुम्बिनी प…

काठमाडौं, २७ पुस  भारतले श्रीलंकाविरुद्धको एक दिवसीय अन्तर्राष्ट्रिय श्रृंखलाअन्तर्गत पहिलो खेलमा &n…