• मोरङ । मोरङको पथरीशनिश्चरे–२ मा भएको खेलकुद सप्ताह आज (आइतबार)ं समापन भएको छ ।
    खेलकुद क्षेत्रको बिकास गर्ने उदेश्यले आयोजित सप्ताहमा वडाभरीका फुटबल, बुद्धिचाल, दौड, छेलो र नगर स्तरीय क्रिकेट प्रतियोगिता भएको थियो । 
    आजै भएको फुटबल फाइलन खेलमा देबिगञ्ज टोललाई ३–१ गोलले पराजित गर्दै बुद्धचोक टोलले उपाधि उचालेको हो । बिजेता बुद्धचोकको लागि बिनायक बेघा लिम्बू, निरज परियार र बिजय राईले गोल गरेका थिए । देबिगञ्जको लागि अनगोल भएको थियो । 
    क्रिकेट खेलमा वडा नं. ३ लाई पराजित गर्दै उपाधि १ नं. वडाले उचालेका थिए । क्रिकेट र फुटबलको बिजेतालाई नगद २५ र उपबिजेता टिमलाई १५ हजार, ट्रफी र मेडल प्रदान गरिएको थियो । फुटबल र क्रिकेटमा अन्य विधागत पुरस्कारहरु पनि प्रदान गरिएको खेल कमिसार बिक्की राईले बताए । 


    बुद्धिचालमा बिक्रम राई वडा च्याम्पियन भएका थिए । पुस ३०्र गते सुरु भएको खेलकुद सप्ताहमा छेलो, दौड लगायतको प्रतिस्पर्धा गराइएको वडा अध्यक्ष नैना राईले बताए । फुटबलमा ८ टिम र क्रिकेटमा हरेक वडाबाट १० टिम सहमागी भएका थिए । प्रतियोगिताको उद्घाटन र समापन पथरीशनिश्चरे नगर प्रमुख मोहन तुम्बपोबाट भएको थियो । 
    फुटबल फाइनल खेल अघि पथरीशनिश्चरे नगरका जनप्रतिनिधि र इलाका प्रहरी कार्यालय पथरीका प्रहरीवीच मैत्रीपूर्ण खेल भएको थियो । जनप्रनिधिको तर्फबाट नगरप्रमुख मोहन तुम्बापो र प्रहरीको टिमबाट डीएसपी बेदप्रसाद गौतमले टिमको लिडरसिप गरेका थिए । प्रदर्शनी खेलमा २–१ गोल अन्तरले प्रहरी बिजय भएका थिए । बिजेता टिमलाई ३ वटा भाले र उपबिजेतालाई सोही संख्याको पोथी पुरस्कार प्रदान गरिएको थियो । 
     

सम्वन्धित समाचार

मोरङ । मोरङको कानेपोखरी ७ स्थित जंगलमा बेवारिसे शव फेला परेको छ ।  मुख्य सडकदेखि करिव ३ सय मिटर…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरपालिका—२, मा रहेको हरियाली सामुदायिक वन लिमिटेडद्वारा सञ्चालित स्वी…

मोरङ । नक्कली भुटानी शरणार्थी ठगि मुद्दाको फायल खोल्ने साथ पूर्ब प्रधानमन्त्री शेरबहादुर देउवा, केपी ओली, प…

मोरङ । दीप प्रज्वलन तथा सहिदहरुलाई श्रद्धाञ्जली अर्पण गर्दै नेकपा–माओवादी केन्द्र पथरीशनिश्चरे नगर समित…