• काठमाडौं, ९ माघ 

    नेपाली बजारमा साेमबार सुनचाँदीको मूल्य बढेको छ। सुनको मूल्य प्रतितोला तीन सय रुपैयाँ बढेको हो।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रतितोला १ लाख ५ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार छापावाल सुन प्रतितोला १ लाख ५ हजार रुपैयाँमा कारोबार भएको थियो ।  

    यता, तेजाबी सुन प्रतितोला १ लाख ४ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि आइतबार तेजाबी सुन प्रतितोला १ लाख ४ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।  

    त्यसैगरी, सोमबार चाँदीको मूल्य पनि बढेको छ। आइतबारको तुलनामा साेमबार चाँदी तोलामा ५ रुपैयाँ बढेको हो। साेमबार चाँदी प्रतितोला १३ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार चाँदी प्रतितोला १३ सय ७५ रुपैयाँमा कारोबार भएको थियो। 

सम्वन्धित समाचार

काठमाडौं, ११ माघ   प्रि-ओपन सेसनमा बुधबार सेयर बजारमा उकालो लागेको छ । यो सेसनमा नेप्से …

काठमाडौं, ११ माघ  नेपाली बजारमा बुधबार सुनको मूल्य सामान्य घटेको छ । सुनको मूल्य १०० रुपैयाँले…

काठमाडाै‌, ८ माघ  साताको पहिलो कारोबार दिन आइतबार नेपाली बजारमा सुनको मूल्य घटेको छ।सुन…

काठमाडौं, ५ माघ   प्रि-ओपन सेसनमा बिहीबार नेप्से सूचक २.१९ अंकले वृद्धि भएको छ । यससँगै २…