• मुगु ९ माघ 

    बखत स्मृति कप प्रभात माध्यामिक विद्यालय रोवाले हात पारेकाे छ । हरेक वर्ष सञ्चालन हुँदै आएकाे  बखतबहादुर शाही फाउन्डेसनद्वारा आयाेजित माध्यामिक विद्यालयस्तरीय फुटबल प्रतियोगिताको उपाधि प्रभात माध्यामिक विद्यालय रोवाले हात पारेकाे हाे । 

    २१औं बखतबहादुर स्मृति दिवसको अवसरमा यही ४ माघबाट सदरमुकाम गमगढी बजारमा सञ्चालन भएकाे प्रतियोगिताकाे उपाधि भिडन्तमा महाकाली नमुना माविलाई २-० गाेल अन्तरले  परािजत प्रभात मावि रोवा विजेता बनेकाे हाे । 

    गत वर्षहरूमा बखत स्मृतिको अवसरमा भलिबल, फुटबल र देउडा प्रतियोगिता सञ्चालन भएका थिए  भने यस वर्ष भने फुटबल र देउडा प्रतियोगिताको सञ्चालन गरिएको स्व, बखत बहादुर फाउन्डेसन मुगुले जनाएकाे छ । 

    विजेता प्रभात मावि रोवाले शिल्ड ट्रफी, गोल्ड मेडलसहित २५ हजार नगद जितेको छ। उपविजेता महाकाली माविका विद्यार्थीले शिल्ड ट्रफी, सिल्भर मेडलसहित १५ हजार नगद पुरस्कार पाएको बखतबहादुर शाही फाउण्डेसन सचिव दीपक रावलले जानकारी दिए।

    उनका अनुसार खेल अवधिभर उत्कृष्ट खेलाडी प्रभात मावि राेवाका धर्म सेजुवाललाई प्रदान गरिएकाे बताए । उत्त प्रतियोगितामा ११ विद्यालयका १६ टिमले सहभागीता जनाएका  थिए ।

सम्वन्धित समाचार

मोरङ । मोरङको उर्लाबारी—५ स्थित अरनिको अस्पतालमा कार्यरत ३५ बर्षिय डाक्टर मनिषकुमार यादव बिहिबार वि…

मोरङ । मोरङको पथरी सनिश्चरेबाट प्रकाशितहुँदै आएको जमर्को साप्ताहिकले आइतबार बाह्रौं वार्षिकोत्सव मनाएको छ।…

उर्लाबारी । भदौं पहिलो साता हुने उर्लाबारी उद्योग बाणिज्य संघको निर्वाचनमा महासचिब पदमा युवा ब्यवसाय…

मोरङ । पालिकाको सौन्दर्यता बढाउने लगायतको रकम व्यवस्थापन गर्दै मोरङको कानेपोखरी गाउँपालिकाले आर्थिक वर्ष २…