• वीरगञ्ज, १० फागुन 

    पर्साको वीरगञ्ज महानगपालिकाले नगरक्षेत्रका बर्थिङ सेन्टर (प्रसूति सेवा केन्द्र) बाट विशेषज्ञ डाक्टरसहितको बहिरङग सेवा सञ्चालन गर्ने तयारी गरेको छ । सबै वडाका जनतालाई गाउँबस्तीमै विशेषज्ञ चिकित्सकसहितको स्वास्थ्य सेवा पु¥याउन ‘मेयर घरदैलो स्वास्थ्य शिविर कार्यक्रम’ सञ्चालन गर्दै आएको महानगरपालिकाले कार्यक्रमलाई थप प्रभावकारी र दिगोपनका लागि बहिरङ्ग सेवा सञ्चालन गर्ने तयारी गरेको हो । 

        कार्यक्रमलाई दीर्घकालीन रुपमा सञ्चालन गर्नका लागि बर्थिङ सेन्टरमा नै गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने भएको वीरगन्ज महानगरपालिकाका स्वास्थ्य तथा सामाजिक विकास महाशाखाका स्वाथ्य अधिकृत रितेश जयसवालले जानकारी दिनुभयो ।

    अहिले महानगरको पाँच स्थानमा स्थापना गरिएको  सेन्टरबाट विशेषज्ञ डाक्टरसहितको बहिरङ्ग सेवा सञ्चालन गरिने र अर्को वर्ष पुनः अन्य स्थानमा स्थापना भएका बर्थिङ सेन्टरबाट सेवा सञ्चालन गरिने तयारी भएको उहाँले बताउनुभयो । यसका लागि महानगरपालिकाले बजेट समेत विनियोजन गरिसकेको जनाएको छ । 
        
     सेन्टरबाटै विशेषज्ञ डाक्टरसहितको स्वास्थ्य सेवा प्रदान गर्ने तयारी भएपछि महानगरपालिकाको तत्कालका लागि ‘मेयर घरदैलो स्वास्थ्य शिविर कार्यक्रम’ स्थगित गरेको स्वास्थ्य अधिकृत जयसवालको भनाइ छ । 
        
    गत २०७९ भदौ महिनादेखि सुरु भएको ‘मेयर घरदैलो स्वास्थ्य शिविर कार्यक्रम’ अन्तर्गत हालसम्म १० हजार दुई सय ३३ जनाले बहिरङग सेवामा स्वास्थ्य परीक्षण गराएको महानगरपालिकाका स्वास्थ्य तथा सामाजिक विकास महाशाखाले जनाएको छ । महानगरपालिकाको १२ वटा वडामा सञ्चालन गरिएको ‘मेयर घरदैलो स्वास्थ्य शिविर कार्यक्रम’ अन्तर्गत कूल १० हजार आठ सय ८५ जनाले जाँचका लागि नाम दत्र्ता गराएकोमा छ हजार चार सय २१ महिला र तीन हजार आठ सय १२ पुरुष गरी १० हजार दुई सय ३३ जनाले बहिरङ्ग सेवामा स्वास्थ्यपरीक्षण गराएको उहाँले बताउनुभयो । 
        
    त्यस्तै सो कार्यक्रममा चार सय ५३ जनाले युएसजी सेवा, इसिजी सेवा ६७ जनाले र ल्याब परीक्षणमा दुई हजार एक सय ७२ जनाले सेवा लिएका छन् । जाँच गराएकामध्ये २९ महिला र १६ पुरुष गरी ४५ जनालाई थप उपचारका लागि सिफारिस गरिएको स्वास्थ्य अधिकृत जयसवालको भनाइ छ । ‘मेयर घरदैलो स्वास्थ्य शिविर कार्यक्रम’ मा तीन  विशेषज्ञ डाक्टरसहित  नर्स, अनमी र एचए एक÷एक, तीन अहेब र दुई ‘ल्याब एसिस्टेन्ट’ परिचालन गरिएको थियो ।  

सम्वन्धित समाचार

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…

 सल्लेरी (सोलुखुम्बु), १८ फागुन : जलवायु परिवर्तनका कारण हिमाल पग्लिएको र यसले स्थानीय समुदायमा पार…