• मोरङ । मोरङको पथरीशनिश्चरे स्थित पथरी बहुमुखी क्यापसमा अध्ययनरत नेकपा (एस) सम्बद्ध बिद्यार्थीहरु संगठित भएका छन ।

    आइतबार नेकपा (एस) संबद्ध अनेरास्ववियूको भेलाले बैभब भण्डारीको अध्यक्षतामा ४९ सदस्यीय समिति चयन गरेको हो । समितिको उपाध्यक्षमा दिवस बस्नेत, भुपाल पण्डित, सचिबमा प्रकाश राई र कोषाध्यक्षमा अभिशेक बस्नेत चयन भएका छन । भेलाले संगठनको पथरीशनिश्चरे नगर समिति अध्यक्षमा सोही क्याम्पसमा अध्ययनरत प्रकाश सिवालाई चयन गरेको छ ।

    सदस्यहरुमा रेजन आचाॠ, आलिक बस्नेत, सुनिल राई, बरुण भण्डारी, आयम राई, सतेज अधिकारी, समीर राउत, निलिमा थापा लगायत रहेका छन ।

    अनेरास्ववियू केन्द्रीय कमिटी सचिव मिलन बस्नेतको प्रमुख आतिथ्यतामा भएको भेलामा नेकपा (एस) प्रदेश कमिटी सदस्य कुमार चम्लिङ राई, नगर कमिटी अध्यक्ष तुलसि ढकाल लगायतको उपस्थिति भएको थियो ।

    यस अघि नेवि संघको भेलाले केसर राई, अखिल क्रान्तिकारीको भेलाले खगिन मगर (अभिशेक)को नेतृत्वमा समिती गठन भइसकेको छ । एमाले अखिलको रोशन कतुवालको नेतृत्वमा रहेको छ । चैत्र ५ गते हुने स्ववियु निर्वाचनको लागि संगठनहरु  कृयासिल रहेका छन ।

सम्वन्धित समाचार

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२’…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा जारी ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२&r…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा आजदेखि ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२…

मोरङ । एसियान हाइवे मोरङको पथरीशनिश्चरे सडक खण्डमा सहरी क्षेत्रकै मापदण्डमा बनाउन खबदारी गर्दागर्दै हालसम्म…