• मोरङ । मोरङको पथरीशनिश्चरे नगर स्थित पथरी बहुमुखी क्याम्पसको सुक्रबार १५ औं क्याम्पस सभा समापन भएको छ । 
    क्याम्पस सञ्चालक समितिको अध्यक्ष रामकुमार बस्नेतको सभापतत्विमा भएको उद्घाटन कार्यक्रममा प्रदेशको पूर्ब सामाजिक बिकास मन्त्री जीवन घिमिरेले विद्यार्थीहरु १२ कक्षा सकेर अध्ययनको लागि युरोप जाने र उतै बस्नुले देश बृद्धबृद्धाको मात्र हुने अवस्थामा पुगेकोमा चिन्ता व्यक्त गरेका छन् । 
    पूर्ब मन्त्री घिमिरेले आफू सामाजिक बिकास मन्त्रीहुँदा प्रदेशभर रहेका ९१ वटा पब्लिक क्याम्पसहरुलाई १० लाखको दरले अनुदान दिने ब्यबस्था मिलाउने प्रयास गरेको बताए । 
    कार्यक्रमको प्रमुख अतिथि संघीय सांसद सुनिल शर्माले आफ्नो कार्यकालभरी पथरी बहुमुखी क्याम्पसलाई सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरे । कार्यक्रममा संविधान सभा सदस्यहरु चण्डीप्रसाद राई, लालबहादुर शुस्लिङ मगर, पथरीशनिश्चरे नगर प्रमुख मोहनप्रसाद तुम्बापो लगायतले शुभकामना मन्तब्य दिएका थिए । 
    समापन मन्तब्य दिदै सञ्चालक समितिको अध्यक्ष रामकुमार बस्नेतले आफूहरु सञ्चालक समितिमा आएपछि क्याम्पसमा छात्राबास, कबर्ड हल लगायतको योजना पेस गरिएको जानकारी दिए । अध्यक्ष बस्नेतले विश्वविद्यालय अनुदान आयोगमा स्वअध्ययन मूल्याङ्कन प्रतिवेदन (क्यूएए) प्रकृयामा पठाइएको बताए । 
    सहायक क्याम्पस प्रमुख ऋषिराज धिमालले सञ्चालन गरिएको कार्यक्रममा क्याम्पस प्रमुख शान्तिराम तिम्सिनाले आर्थिक प्रतिवेदन र लेखा समिति संयोजक डिल्लीराज दाहालले आर्थिक प्रतिवेदन पेस गरेका थिए । 
    शिक्षाशास्त्र, व्यवस्थापन, मानविकी संङ्कायमा स्नातक, शिक्षाशासत्रमा नेपाली र व्यवस्थापनमा स्नातकोत्तरसम्म अध्ययनहुने क्याम्पसमा यो बर्ष ६३० जना विद्यार्थी रहेको उल्लेख छ । क्यामपसको ३१७ जना परिषद सदस्य रहेको प्रतिवेदनमा उल्लेख छ । 
    २०६४ भदौदेखि विधिवत स्थापित क्यामपसमा ७० लाखभन्दा बढी घाटामा रहेको सञ्चालक समितिले जनाएको छ । सभामा पूर्ब नगरप्रमुख दिलिपकुमार राई, वडा अध्यक्षहरु भीमकुमार राई, लोककिरण न्यौपाने, समाजसेवी युवराज बास्कोटा, नेपाली कांग्रेस नगर सभापति रुपनारायण भट्टराई, एमाले अध्यक्ष रमेश दाहाल, माओवादी केन्द्रका नगर अध्यक्ष गोबिन्द कटुवाल, नेकपा (एस)का तुलशी ढकाल, पञ्चायत माविका प्रधानध्यापक अर्जुन बुढाथोकी, स्ववियु सभापति केशर राई लगायतको उपस्थिति रहेको थियो । 
    क्याम्पस सञ्चालक समितिको बैठकले बिन्दु राई, बेदनिधी खनाललाई समितिमा र निवर्तमान नगर प्रमुख दिलिपकुमार राईको संयोजकत्वमा पाँच सदस्यीय सल्लाहकार समिति चयन गरेको छ । सल्लाहकार समिति सदस्यहरुमा यमुना बिष्ट, परशुराम कार्की, शिव तिम्सिना र रुपनारायण भट्टराई रहेका छन् । 
    कार्यक्रममा भरतमोहन अघिकारी स्मृति फाउण्डेशनको तर्फबाट टिकारम गौतमले अक्षकोष राख्न तीन लाखको चेक हस्तान्त्रतरण गरेका छन् । सभामा दुई संकायमा क्याम्पस टपर जमुना लिम्बू र अमृता बराइलीलाई क्याम्पसको तर्फबाट मेडल प्रदान गरिएको थियो । 
                                         

                                                                                     क्याम्पस टपर जमुना लिम्बू र अमृता बराइली

सम्वन्धित समाचार

मोरङ । मोरङको पथरीशनिश्चरेका लोकसागर साम्बा बुद्धिचाल (चेसं) खेलमा नेपालकै दोस्रोहुँदै नयाँ रेकर्ड …

मोरङ । मोरङको पथरीशनिश्चरेमा स्थापित एभरेष्ट आवासीय मावि बुद्धिचाल खेलमा अन्य स्कुलहरुलाई उछिन्दै राष्ट्रव्या…

मोरङ । मोरङको पथरीशनिश्चरेमा भएको ‘सहिद रत्नकुमार वान्तावा राई तेस्रो राष्ट्रब्यापी रेटिङ बुद्धिचाल प्…

मोरङ । मोरङको पथरीशनिश्चरेमा जारी ‘सहिद रत्नकुमार वान्तावा राई तेस्रो राष्ट्रब्यापी रेटिङ बुद्धिचाल प्…