•  घोराही, २३ वैशाख  
    विगतमा घरमै मोबाइल चलाएर बस्ने बालबालिकाको दैनिकी अचेल फेरीएको छ । उनीहरु दाङको घोराही उपमहानगरपालिका–१८ स्थित नवलपुर फुटबल मैदानमा फुटबल सिक्न थालेका छन् । दिनहुँ बालबालिका फुटबल अभ्यासका लागि पुग्ने गरेका छन् ।

    स्थानीय धरम केसी हरेक दिन बिहान फुटबल अभ्यासका लागि नवलपुर पुग्छन् । फुटबलका बारेमा सैद्धान्तिक ज्ञानसँगै अनुशासनबारे पनि थाहा पाएको उनको भनाइ छ । केसीले भने, “खेल खेल्न र यस सम्बन्धी विभिन्न खालका ज्ञान लिन पाउँदा धेरै हर्षित छु, खेल क्षेत्रमा अगाडि बढ्न सघाउ पु¥याएको छ ।” नवलपुर फुटबल एकेडेमीले फुटबल सिकाउन थालेपछि अभिभावक पनि खुसी भएका छन् ।

    खुट्टामा जुत्ता, फुटबलकै पोशाक लगाएका आठ वर्षदेखि १४ वर्षसम्मका बालबालिका हरेक दिन चौरमा फुटबल सिक्न व्यस्त रहन्छन् । उनीहरु निकै मेहनत गर्छन् । रामेछाप स्थायी घर भई हाल घोराही–१५ बस्दै आएका १४ वर्षीय सुजन तामाङलाई एकेडेमी आएर सिक्न थालेको दुई वर्षभन्दा बढी भइसकेको छ । बालबालिका तथा किशोरकिशोरी  गलत सङ्गतमा फस्ने, कुलतमा लाग्ने, अनावश्यक गतिविधि गरेर भविष्य बिगार्ने खतरा रहेका बेला यहाँ आएर फुटबल सिक्ने र भविष्यका बारेमा सोच्नुक्ने भएका छन् ।  

    बालबालिकामा विभिन्न  खालका  मानसिक तथा शारीरिक समस्या देखापरिरहेका बेला फुटलब प्रशिक्षणका माध्यमबाट खेलमा व्यस्त हुन थालेपछि बालबालिकाका अभिभावक पनि उत्साहित भएका प्रशिक्षक दीपक पुन बताउँछन् । एकेडेमीमा आबद्ध थुप्रै बालबालिकालाई हरेक दिन उनीहरूका अभिभावकले खेलमैदानसम्म पु¥याउने गरेका छन् । खेलमा सानै उमेरदेखि लाग्न प्रेरित गर्न, मानसिक, शारीरिकरूपमा स्वस्थ राख्न फुटबल प्रशिक्षणमा लैजाने गरेको नवलपुरका भीमबहादुर छन्तेल बताउँछन् । 

    विसं २०७६ देखि विभिन्न उमेर समूहका बालबालिकालाई नवलपुर फुटबल एकेडेमीले प्रशिक्षण दिँदै आएको छ । ‘ग्रासरुट’मा नै प्रशिक्षण दिनसके राम्रा खेलाडी उत्पादन हुनेमात्रै नभई मानसिक तथा शारीरिक विकाससँगै खेलमा सुधार ल्याउन मद्दत पुग्ने प्रशिक्षक पुनको भनाइ छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले हरेक जिल्लामा यस्तो कार्यक्रम सञ्चालन गर्न आवश्यक भएको उनले बताए । तर दाङमा नलवपुर फुटबल एकेडेमीले लामो समयदेखि बालबालिकालाई निःशुल्क फुटबल प्रशिक्षण गराउँदै आएको छ । 

    “फुटबलको समग्र विकासका लागि उमेर समूहबाटै खेलाडी उत्पादन आवश्यक छ । यसका लागि खेलकुदका क्षेत्रमा काम गर्दै आएका निकाय  र राज्यको नजर अझै पुग्न सकेको छैन”, प्रशिक्षक पुनले भने । दक्ष खेलाडी उत्पादनमा ध्यान नदिने तर नतिजा भने राम्रो खोज्ने परिपाटीले नेपालमा फुटबलको विकास सोचेअनुरुप हुननसकेको उनको भनाइ छ । कमजोर खेल संरचनालाई बलियो बनाउन र खेलकुदको समग्र विकासका लागि स्थानीयस्तरमा पालिकाले पनि प्रयास गर्न जरुरी छ । एकेडेमीको सहयोगले बालबालिकाको शारीरिक र मानसिक विकासमा त सहयोग पुगेको छ नै, साथै खेलाडी उत्पादन गर्न पनि मद्दत पुगेको छ । 

सम्वन्धित समाचार

 नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले सामाजिक सञ्जालमा आफ्नो नाम जोडेर चरित्र हत्या गरिएको …

काठमाडौँ । इन्टर मियामी कोन्काफ च्याम्पियन्स कपको क्वाटरफाइनलको पहिलो लिगमा पराजति भएको छ । विहिबार बिहान…

मोरङको साङ्ग्रिला क्लब विराट गोल्डकपको फाइनलमा पुगेको छ । गएराती विराटनगरस्थित शहिद रंगशालामा सम्पन्न खेलम…

 साउदी प्रो लिग अन्तर्गत अल नासरले अल टाईलाई फराकिलो अन्तरले पराजित गरेको छ । गएराती सम्पन्न खेलमा अ…