• काठमाडौँ,   बैशाख ३१ -चलचित्र निर्माणमा फोटोग्राफी र क्यामराको कामको निरीक्षण वा निर्देशन तथा क्यामरा सञ्चालनसम्बन्धी अध्ययन गर्नुभएका नेपालको पहिलो सिनेमेटोग्राफर 
    –नेपालमा दश जोड दुई शिक्षा प्रणाली आरम्भकर्ता 
    –चलचित्र संस्थानका जन्मदाता
    –थेरवादी केन्द्रीय दायक परिषद् (विसं २०४९) का अध्यक्ष
    –चित्रकार(पुँ) समाजका संस्थापक अध्यक्ष 
    –नेपालमा व्यवस्थित ढङ्गबाट बुद्धजयन्ती मनाउने कामको आरम्भकर्ता
    –विजयादशमीका दिन ‘शस्त्रास्त्र परित्याग दिवस’ को सुरुआतकर्ता
    – इन्द्राणयी मन्दिर, काठमाडौँमा ‘अशोक स्मृति चैत्य’ स्थापनाकर्ता 
    –थेरवादी बुद्ध विहार, लुम्बिनीमा पाली, नेपाली र अङ्ग्रेजीमा ‘धम्मपद’ उत्कीर्णकर्ता
    –मन्दिरहरूमा पशुबलिविरुद्ध मुद्दा दिने समाजसेवी 

         
        राणाकालका नामुद चित्रकार तथा फोटोग्राफर कृष्णबहादुर चित्रकारका ज्येष्ठ सुपुत्र बखतबहादुर चित्रकारका धेरै परिचय छन् । विदेशमा चलचित्रमा फोटोग्राफी र क्यामरा प्रयोगको कला अध्ययन गर्ने प्रथम व्यक्तित्व बखतबहादुरको योगदानलाई चिरस्मरणीय बनाउन उहाँका सुपुत्रसुपुत्रीले ‘बखतबहादुरको शब्दचित्र स्मृति ग्रन्थ’ ९२०७९० नै प्रकाशन गरिदिनुभएको छ । पुस्तकमा राष्ट्रिय समाचार समितिका आलेख समाचार प्रमुख रहनुभएका लेखक कृष्ण अधिकारीले  बखतबहादुरसँग गर्नुभएको कुराकानी, बखतबहादुरका आलेख, उहाँबारे लेखिएका लेख तथा उहाँका तस्बिरहरू समावेश गरिएको छ । 
        
        देवीदेवताका चित्र कोर्ने–रङरोगन गर्ने परिवारमा जन्मनुभएका उहाँले राणाशासन, पञ्चायतकाल र बहुदलीय गणतान्त्रिक सबै व्यवस्था भोग्नुभयो भने राजनीति, अध्यात्म, शिक्षा, सञ्चार, चलचित्र, फोटोग्राफी, सिनेमेटोग्राफी जस्ता एकापसमा सम्बद्ध–असम्बद्ध विषयमा संलग्न भई योगदान दिनुभयो । यस स्मृति ग्रन्थले बखतबहादुरका तिनै अनगन्ती व्यक्तित्व र योगदानका साथै ती कालका लुकेकाका केही पक्षबारे पनि प्रकाश पार्छ । कामपा, हनुमानढोका नजिक यट्खा टोलमा ९२ वर्षअघि जन्मनुभएका उहाँका पिता कृष्णबहादुर कमान्डर इन चिफ बबरशम्शेर जबरा ९अन्तिम राणा प्रधानमन्त्री मोहनशम्शेरका भाइ० को थापाथलीस्थित कार्यालयमा निजी चित्रकार हुनुहुन्थ्यो । “यिन ९बबर० को नेतृत्वमा नेपाली सेनालाई द्वितीय विश्वयृुद्धमा पठाइएको थियो । अङ्ग्रेजले भारत छोडेर जाने बेला मोहनशम्शेर राणालाई अङ्ग्रेजले आफ्नो भूभाग फिर्ता लिन पत्र लेखेका थिए । तर बबरशम्शेरले राणा शासन नै धर्मरिएको अवस्थामा त्यसो गर्न नहुने भन्दै उनका दाजु मोहनशमशेरलाई रोकेका थिए ।” यो नेपाली जनमानसमा कमै चर्चामा आएको तथ्य हो । 
        
        भारतमा महात्मा गान्धीको हत्या हुँदा काठमाडौँमा अङ्ग्रेजविरुद्ध ठूलो जुलुस निक्लेको र उनको तस्बिर पशुपति आर्यघाटमा विसर्जन गरी श्रद्धाञ्जलि दिइएको तथा १३ औँ दिनको पुण्यतिथिमा हनुमानढोका परिसरमा श्रद्धाञ्जलिसभा गरिएको, शिवपुरी नजिकको जङ्गलमा वनभोज गर्ने बहानामा राजा त्रिभुवन सपरिवार दिल्लीमा शरण लिन गएको जस्ता राजनीतिक घटनाका जानकारी पनि यसमा पाइन्छन् । रमाइलो कुरा, बखतबहादुर बाल्यकालमै विद्यालय जीवनदेखि नै गाँधीवादी हुनुहुन्थ्यो जुन राणा विरोधी भावनाको प्रतीक पनि थियो ।  
        
        प्रथम आमनिर्वाचन ९विसं २०१५० पछि राजा महेन्द्र र प्रधानमन्त्री बिपी कोइरालाको व्यक्तित्व टकराएकाबारे राजनीतिज्ञ विश्वबन्धु थापा राम्रैसँग अवगत हुनुहुन्थ्यो  र एक पटक उहाँले भन्नुभएको पनि रहेछ, “एउटै वनमा दुईटा बाघ नअटाउनु जस्तै हो ।” यहाँनेर बखतबहादुरको धारणा भने ‘राजामा रहेको घमण्ड र बिपीको एकखालको ‘म’वादी स्वभावले पनि विश्वासको सङ्कट ल्याएको थियो । राजा महेन्द्रको राष्ट्रवादी सोच र प्रधानमन्त्री बिपीको विकासवादी सोचलाई एक ठाउँमा सम्मिश्रण गर्न सकेको भए मुलुकले धेरै पहिले नै समृद्धिको यात्रा तय गरिसक्ने’ थियो । यस्तै धारणा अहिले पनि केही राजनीतिकर्मी, राजनीतिक विश्लेषक, बुद्धिजीवी, पत्रकार आदिले व्यक्त गरेको पाइन्छ । 
        

सम्वन्धित समाचार

 अल्लु अर्जुनको बहुप्रतिक्षित फिल्म ‘पुष्पा २’ यसै वर्ष रिलिज हुँदैछ । यतिबेला साउथ …

 स्पाइनी मुभिज प्रालिको आयोजनामा यहाँ जमलस्थित नाचघरमा बुधबार आयोजित एक समारोहबीच ‘स्पाइनी ब्…

 काठमाडौँ, १४ वैशाख    प्रदर्शनरत चलचित्र ‘जारी’ ले दर्शकको राम्रो साथ पाएको…

नेपाली चलचित्रमा नाम भन्दा पनि निर्वाह गरेको भूमिकामार्फत चिनिने अभिनेता मध्येका एक हुनुहुन्छ, विपिन कार्क…