• मोरङ । मोरङको पथरीशनिश्चरे—२ स्थित रेडस्टार अंग्रेजी स्कुलका प्रिन्सिपल टि.एन. तिम्सिनाले विद्यालयलाई व्यवस्थापन संकायको ब्राण्ड स्थापित गर्ने बताएका छन् । 
    रेडस्टार बोर्डिङ स्कुलमा कक्षा ११ र १२ मा व्यवस्थापन संकायमा पठनपाठनहुँदै आएको छ । परीक्षा बोर्डले लिने कक्षा १२ को परीक्षा सकिएकै दिन आज (सुक्रबार) स्कुलले कक्षा १२ अध्ययनरत विद्यार्थीहरुलाई थप सफल शैशिक यात्राको शुभकामना तथा मायाको चिनो प्रदान कार्यक्रमको आयोजना भएको थियो । 
    शुभकामना तथा मायाको चिनो प्रदान कार्यक्रममा प्रिन्सिपल तिम्सिनाले व्यवस्थापन संकायमा रेडस्टार स्कुल प्रदेश १ कै हबको रुपमा स्थापित भएको दाबी गरे । रेडस्टारले त्रिभुवन विश्व विद्यालयबाट स्नातक (बीबीएस) अध्यापनको लागि अनुमति लिएर पठनपाठन भइरहेको छ ।  
    प्रिन्सिपल तिम्सिनाले रेडस्टारलाई व्यवस्थापन संकायको ब्राण्ड कै रुपमा स्थापित गर्ने योजना रहेको बताएका हुन् । विद्यालयको शैक्षिक गुणस्तर, अतिरिक्त क्रियाकलापको नतिजा लगायतले रेडस्टार ब्राण्ड बन्ने लक्षण देखिएको तिम्सिनाको भनाइ थियो । 
    कक्षा १२ मा अध्ययन सकेका २६८ जना विद्यार्थीहरुलाई आफ्नो सेक्सनमा रहेको विद्यार्थी टोली र स्कुलको तस्वीर फ्रेमसहितको मायाको चिनो प्रदान गरेका थिए । स्कुल सञ्चालक बिजय डाँगी, राजु तिम्सिना लगायतका शिक्षक, अतिथिहरु र सञ्चारकर्मीको हातबाट विद्यार्थीहरुलाई मायाको चिनो प्रदान गरिएको थियो । 
    कार्यक्रममा रेडस्टार बोर्डिङ स्कुलका संगीत शिक्षक पुष्प राई, छात्रा मितक लिम्बू लगायतले गीत प्रस्तुति गरेर मनोरञ्जन दिलाएका थिए । नुमा लिम्बू, सजना राई, प्रकृति श्रेष्ठ, प्रज्वल तामाङ, संगम थापा लगायतले नृत्य प्रस्तुत गरेका थिए ।  रेडस्टार स्कुलले ब्रिटिस काउन्सिले प्रदान गर्ने अन्तर्राष्ट्रिय अवार्ड इन्टरनेशनल स्कुल अवार्ड २०२१ देखि २०२४ प्राप्त गरेको विद्यालय हो । 
     

सम्वन्धित समाचार

भूमिप्रसाद पाठक मोरङ । मोरङको पथरीशनिश्चरे—१ स्थित पञ्चायत माध्यमिक विद्यालय कक्षा १२ का विद्यार्थीहर…

इलाम । बैशाख १५ गते हुने निर्वाचनमा इलाम—२ बाट सांसद जित्न पार्टीहरु लागिरहेको बेला नेपालको पूर्ब…

इलाम । स्वतन्त्र साझा उमेद्वार डकेन्द्रसिंह थेगिम लिम्बूलाई सहयोग गर्न इलाम—२ मा लागिरहेका अभियान्ता त…

इलाम । इलाम—२ मा बैशाख १५ गते हुन लागेको उपनिर्वाचनमा स्वतन्त्र साझा उमेद्वार डकेन्द्रसिंह थेगिम लिम्…