•  गोरखा, २४ जेठ  : शहिद लखन गाउँपालिका–२ बेतेनीस्थित ‘लगनशील कोशिस कृषि महिला समूह’ले पछिल्लो दुई महिनामा १७ हजार रुपैयाँको फूल बेचेको छ । पाँच महिनादेखि फूल खेती सुरु गरेको समूहले फूल बेचेर रु १७ हजार आम्दानी गरेको हो । उन्नाइस महिला आबद्ध समूहले एक रोपनी जग्गा भाडामा लिएर फूल खेती गरेको हो । समूहले जग्गा धनीसँग वार्षिक पाँच हजारका दरले भाडा तिर्ने गरी पाँच वर्षसम्मको लागि सम्झौता गरेको छ ।

     समूहमा आबद्ध महिलाले सुरुमा फूल कसरी लगाउने, कति मल राख्ने कति पानी राख्ने, टनेल कसरी बनाउने, फूलको बीउ कसरी राख्नेलगायत फूल खेतीसम्बन्धी तालिम लिएपछि खेती सुरु गरेका हुन् । समूहकी अध्यक्ष पृथ्वीमाया गुरुङले भन्नुभयो, “गएको पुसमा तालिम लिएपछि माघमा फूलको बेर्ना सारियो र वैशाखदेखि फूल बेच्न सुरु ग¥यौं, फूलको माग अनुसार पु¥याउन सकेको छ्रैनौं ।” यतिछिटै फूल बिक्रीबाट आम्दानी गर्न सकिएला भन्ने उहाँहरुलाई लागेको थिएन । 

    अध्यक्ष गुरुङ भन्नुहुन्छ, ‘‘समूहका सबै महिला मिलेर अहिले गोदावरी र सयपत्री फूल लगाएका छौँ, मुख्यगरी जग्गा र पानीको समस्या भएको छ, जग्गा पढाउने तयारीमा छौँ ।” धेरै फूल खेती गर्नका लागि अहिले जग्गा र पानीको अभाव भएको छ । समूहले उत्पादन गरेको फूल मनकामना मन्दिरमा लगेर बेच्ने गरेको छ ।शहिद लखन गाउँपालिका–९, नामजुङ खड्कगाउँस्थित लालुपाते कोशिस महिला कृषि समूहका सचिव रुपा  दवाडीको घरमा अहिले १४ वटा बाख्रा छन् । बीस सदस्य रहेको समूहकी सचिव दवाडीले सुरुमा छ वटा मात्रै बाख्रापालन गर्दै आउनुभएको थियो । बाख्रापालनसम्बन्धी तालिम लिएपछि भने आठ बाख्रा थपेर अहिले १४ पु¥याउनु भएको छ  ।

     “पहिला बाख्रा बिरामी हँदा कुन औषधि खुवाउने, कस्तो दाना खुवाउने भन्ने थाहा थिएन, बाख्र्राको लागि खनिज ढिक्का बनाउने पनि थाहा थिएन”, उहाँले भन्नुभयो, “तालिम लिइसकेपछि बाख्रा पाल्न सजिलो भएको छ, तालिममा बाख्रापालन गर्दाको फाइदा, बाख्राको खोर बनाउँदा ध्यान दिनुपर्ने विषय र बाख्रामा लाग्ने आन्तरिक परजिवी र उपचार पद्दतिबारे सिकेपछि अहिले बाख्रा पाल्न सहज भएको छ ।” त्यसैगरी रत्ननगर नगरपालिका–११, चितवन, गैरीगाउँस्थित ‘गैरीगाउँ महिला कोशिस कृषक समूह’ले करेला र भिण्डी बिक्री गरेर रु ४० हजार आम्दानी गरेको छ । चार कट्ठा जग्गा भाडामा लिएर करेला र भिण्डी लगाएको समूहले भिण्डीको प्रतिकेजी ६० र करेलाको प्रतिकेजी ५० रुपैयाँमा बेच्दै आएको छ । समूहमा आवद्ध महिलाले सामूहिक रुपमा करेला र भिण्डी लगाएर आम्दानी गरेका हुन् । उनीहरुले एक दिन बिराएर नारायणघाट सब्जीमण्डीमा लगेर तरकारी बेच्ने गरेका छन् । 

    समूहकी सदस्य शान्ति बास्तोलाले भन्नुभयो, “तालिम लिँदा र नलिंदा धेरै फरक हुँदोरहेछ, तालिम लिएपछि कसरी तरकारी लगाउने, तरकारीमा समयमै पोटास, युरिया, पानी राख्नुपर्ने, बेलाबेलामा गोडमेल गर्नुपर्नेलगायत धेरै कुरा थाहा भएपछि तरकारी खेती गर्न सहज भएको छ ।” समूहमा सदस्यहरुले मासिक सय रुपैयाँ उठाउने गरेका छन् । गत पुसमा समूह गठन गरेर सदस्यहरुले १ प्रतिशत व्याजमा समूहबाट आवश्यकताको आधारमा पैसा निकालेर घर खर्च चलाउँदै आएका छन् ।  कट्ठाको वर्षको ३५ सय रुपैयाँको दरले जग्गाको भाडा तिर्नुपर्छ । 

    समूहले जमिन बढाउने योजना पनि बनाएको छ । बास्तोलाले भन्नुभयो, “समूहमा बसेर काम गर्दा छुट्टै रमाइलो हुँदोरहेछ, विभिन्न कुराहरु जान्ने अवसर पनि मिलेको छ ।”  समूहभित्र पनि पाँच÷पाँच जनाको उपसमूह बनाएर आ–आफ्नो पालोमा तरकारी टिप्ने र बेच्ने गर्दै आएका छन् ।सुरुमा दलित महिला उत्थान सङ्घ (एड्वान) ले फूलखेती र बाख्रा पालनसम्बन्धी १५ दिनको तालिम फूलको बीउ र आवश्यक औजार प्रदान गरेको थियो । तालिममा बाख्रामा लाग्ने विभिन्न रोग र नियन्त्रणका उपाय, औषधि÷उपचार, जुुकाको उपचार र सुुइ, रोग सर्ने माध्यम, बाख्रालाई खोप लगाउँदा अपनाउनुुपर्ने उपाय, भर्खर जन्मेका पाठापाठीको हेरचाह गर्ने तरिका, ब्याउने बाख्रा र सुत्केरी माउको हेरचाह गर्ने तरिका, सन्तुलित दाना बनाउने तरिकाको प्रयोगात्मक अभ्यास गराइएको थियो । 

सम्वन्धित समाचार

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…

 सल्लेरी (सोलुखुम्बु), १८ फागुन : जलवायु परिवर्तनका कारण हिमाल पग्लिएको र यसले स्थानीय समुदायमा पार…