• मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा हुने प्रिमियर लिग क्रिकेट प्रतियोगिताको चौथो संस्करणको लागि आज खेलाडी अक्सन मार्फत छनौट भएका छन् ।
    प्रतियोगितामा आइतबारे अस्त्र, बुद्ध युनाइटेड, क्लासिक—११, सात बाघ, बिरेन्द्र नगर (बिएसटी), रोयल किङ्स र गोरखा लिजेन्ड गरी सात वटा टिम यो सिजनमा भिड्नेछन् । 
    सात वटै टिमले शनिबार अक्सन (डाक बढाबढ) मार्फत खेलाडी अनुबन्ध गरेका छन् । पथरीशनिश्चरे प्रिमियर क्रिकेट लिग आयोजक समितिले खेल्न चाहनेहरुको लागि आवेदन आव्हान गरेको थियो । यो सिजनको लागि २३३ क्रिकेट खेलाडीले लिग खेल्नको लागि आवेदन भरेको आयोजक समितिको अध्यक्ष बिरोग मगरले बताए । 
    आवेदन दिने खेलाडीहरुको पर्फमेन्स र खेल बायग्राफीको आधारमा ए, बी र सी गरी तीन वर्गमा बिभाजन गरिएको थियो । ए वर्गका लागि बेस प्राइज (न्युनतम) ३ हजार, बी र सी वर्गका लागि २ र १ हजार आधारभूत मूल्य राखिएको थियो । 
    आयोजकले ५१ जना खेलाडीलाई ए, ३३ जनालाई बी र १४९ जना  खेलाडीलाई सी क्याटोगरीमा राखेर अक्सन गरेका थिए । लिग भिड्न आउने हरेक क्लबले खेलाडी लिनका लागि ५० हजार ‘वालेट’ राख्नुपर्ने व्यवस्था गरेको छ ।
    लिग भिड्न आएका क्लबहरुले न्युनतम मूल्यभन्दा बढाबढमा अनुबन्ध गरेका हुन् । एउटा क्लबले कम्तिमा १४ जना खेलाडी अनुबन्ध गर्दा यो लिग खेल्न इन्छा गरेका २३२ खेलाडी मध्येबाट सय जना अनुबन्ध भएका छन । बाँकी १३२ खेलाडी अनसोल्ड अर्थान बिक्री नभएको आयोजकले जनाएको छ । 
    प्रतियोगिता कात्तिक १० गतेदेखि सुरु भएर १४ दिनसम्म पथरीशनिश्चरेको प्रस्तावित पथरी रंगशालामा हुने आयोजक समितिका सचिव राकेश राईले बताए ।
    विजेता टिमलाई एक लाख ३१ हजार १११, दोस्रो हुने क्लबलाई ७१ हजार १११ नगद, ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजक समितिका अध्यक्ष बिरोज मगरले बताए । 
    प्रतियोगिता क्रिकेट खेलाडी उत्पादन, खेल क्षेत्रको बिकासको साथै नगरपालिकालाई स्वास्थ्य राख्न आयोजना गर्दै आएको अध्यक्ष मगरले बताए । 

    महंगामा बिके अन्सारी

    मोरङ पथरीशनिश्चरे नगरमा हुने यो सिजनको महंगो खेलाडी फिरसोध अन्सारी भएका छन् । तीन हजारदेखि बढाबढ सुरु भएको अन्सारीलाई सात बाघले १४ हजार मूल्यमा अनुबन्ध गरेका छन् । अन्सारीको लागि बुद्ध युनाइटेडले ११ हजार ५ सयसम्म र बीएससीले १३ हजार ५ सयसम्म लगाएका थिए । सात बाघले १४ हजार मूल्य लगाएर अनुबन्ध गरेको हो । 
    अन्सारी पछि सुरज न्यौपाने १२ हजारमा बीएसटी र ८ हजारमा महोमत निसारलाई आइतबारे अस्त्रमा अनुबन्ध गरेका छन् । डिफेन्डिङ च्याम्पियन समेत रहेका सात बाघले ९ बर्षका खेलाडी दिप बस्नेतलाई पनि अनुबन्ध गरेको छ । सात बाघ सबैभन्दा मसंगो र कान्छो खेलाडी अनुबन्ध गर्ने टिम बनेको छ । 

    खेलाडी अक्सन कार्यक्रमको उद्घाटन समारोहलाई सम्बोधन गर्दै पथरीशनिश्चरे नगर प्रमुख मोहन तुम्बापोले छुट्टै क्रिकेट मैदान व्यवस्थापन गर्ने बताएका छन् । 
    नगरमा क्रिकेट मैदान नभएको कारण फुटबल ग्राउण्डमै चौथो संस्करणसम्म हुँदै आएको छ । क्रिकेट गराउदा फुटबल मैदानमा बिग्रिने भएपनि सोही ग्राउण्डमा गराउन बाध्यता रहेको छ । 
    सोही कारण पथरीशनिश्चरे १० नं. वडामा रहेको २ वटा मैदान मध्ये एउटालाई क्रिकेटकै लागि बनाउन जनप्रतिनिधिहरु वीच छलफल भइरहेको प्रमुख तुम्बापोले बताए । प्रिमियर क्रिकेट लिगको शुभकामना दिदै प्रमुख तुम्बापोले नगरमा खेलकुदको कार्यविधि बनाएर व्यवस्थित गर्न लागिएको बताए । 
    कार्यक्रममा निवर्तमान नगर प्रमुख दिलिपकुमार राई लगायतले शुभकामना मन्तव्य दिएका थिए । कार्यक्रममा बिभिन्न वडाका वडा अध्यक्षहरु, प्रथम ट्रफी प्रायोजन  गर्ने रेड स्टार बोर्डिङ स्कुलका प्रिन्सिपल टीएन तिम्सिना, लर्डबुद्ध बचत तथा ऋण सहकारी संस्थाका व्यवस्थापक गणेश बाछना राई लगायतको उपस्थिति रहेको थियो । 

    पथरीशनिश्चरेमा तीन खेल नियामित 
    पथरीशनिश्चरेमा क्रिकेट, फुटबल र बुद्धिचाल (चेस) प्रतियोगिता बार्षिक रुपमा हुँदै आएको छ । फुटबल र क्रिकेट नगर स्तरीय लिगहुँदै आएको छ भने बुद्धिचाल प्रदेश तथा राष्ट्रिय प्रतियोगिता हुँदै आएको छ । 

    क्रिकेट खोलाडी अस्सन कार्यक्रम

सम्वन्धित समाचार

काठमाडौँ । टुँडिखेलमा काठमाडौँ महानगरपालिकाले सञ्चालन गरिरहेको ‘सिप मेला’ कार्यक्रम र सामु…

कोशीमा एमालेका हिक्मत कार्कीलाई मुख्यमन्त्री बनाएको भन्दै नयाँ सरकार गठनविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भए…

नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा. बाबुराम भट्टराईले कृषिक्रान्ति नै हाम्रो दिगो आर्थिक समृ्द्धिको …

 कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।प्रदेश प्रमु…